वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

राजापुरमा कृषिमेला शुरु : ‘स्थानिय कृषि, पर्यटन र सस्कृतिको विकासमा टेवा पुग्ने’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ ।    

मिन अधिकारी/राजापुर।
कृषि पर्यटन र पुर्वाधार, राजापुर विकासको मुल आधार भन्ने मुल नाराका साथ बर्दियाको राजापुरमा नगर स्तरीय कृषि मेला प्रदर्शनीको सुरु भएको छ । मेलाको प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन ।
उद्घाटन गर्दै पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार नै कृषि रहेकाले प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै सोही अनुसार काम गर्न ३ वटै सरकार प्रदेश सरकार, केन्द्र सरकार र स्थानिय सरकार मिलेर किसानहरुले उत्पादन गरेका उत्पादन सामग्रीको व्यवसायीकरण र बजारीकरण गर्न एक भएर लाग्नुपर्ने बताउदै कृषि र कृषकका नाममा कृषकहरुलाई झुक्याएर कृषकलाई मर्का हुने कार्य नगर्न र कृषकलाई कृषि पेशाबाट नै आर्थिक क्षेत्रमा सवल बनाउन कृषिमा आधुनिकिकरण गर्न प्रदेश सरकार मात्र नभई ३ वटै सरकार कृषकले उत्पादन गरेका सामागा्रीको उचित मुल्य,व्यवस्थापन र बजारीकरण गर्न आवश्यक रहेको बताए ।
राजापुर नगरपालिकाका स्थानीय कृषकहरुले उत्पादन गरेका खाद्यान्न, तरकारी, दलहन, तेलहन, मसला, फलफुल, माहुरी, माछा पालन, नगदेवाली लगायतका वालीहरुको प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । साथै मेलामा विभिन्न महिला तथा कृषक समुह बिच थारु जातिको कला संस्कृति र भेषभुषा सहितको सास्कृतिक प्रयिोगिता समेत रहेको र कृषकले उत्पादन गरेका उत्कृष्टलाई आकर्षक पुरस्क्रित गरिने आयोजकले जनाएको छ।
राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश न.५ का मूख्यमन्त्री शंकर पोखरेल रहनु भएको थियो भने विशेष अथितीमा प्रदेश न.५ का संसद तथा कमैया महिला समाजकी अध्यक्ष कृष्णी थारु, संविधान सभा सदस्य मान बहादुर थारु, बर्दिया जिल्ला २ ख का जिल्ला सदस्य दिपेश थारु, जिल्ला सदस्य शंकर थारु थिए । यस्तै अथितीमा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला थारु,मधुवन नगरपालिकाका नगर प्रमुख गणेश के.सी, गेरुवा गाँउपालिाकाका जमान सिंह केसी, राजपुर नगापालिकाका १० वटै वडाका वडाध्यक्ष, स्थानिय पत्रकार, ईलाका प्रहरी कार्यलय राजापुरका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।
राजापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कृषि शाखा राजापुर, बर्दिया प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाइ धान सुपर जोन राजापुर र नगर स्तरीय कृषक समन्वय समितिको आयोजनामा मेला अमर शहीद श्री दशरथ चन्द मा वि राजापुरमा माघ २७, २८ र २९ गतेसम्म चल्नेछ ।
यसैबिच मूख्यमन्त्री शंकर पोखरेललाई राजापुर खानेपानी उपभोक्ता समिती,कमैया महिला जागरण समाज, शंकर मोचन हनुमान मन्दिर र बाढी पिडीतहरुले ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...