वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

विविध कार्यक्रम गरी चूरे मा.वि. बगनाहाले मनायो स्थापना दिवस

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस ५, २०७५ ।    

बगनहा,बर्दिया।
बर्दियाको पुरानो मध्यको एक चूरे माध्यमिक विद्यालय बगनाहाले आफ्नो ४६ औं स्थापना दिवस विभिन्न कार्यक्रम साथ मनाएको छ ।
वि.सं.२०३० साल पौषमा ठाकुरबाबा नगरपालिका वडा नं-३ मा स्थापित चूरे मावीले स्थापना दिवसको अवसरमा दीप प्रज्वलन गर्नुका साथै बिबिध अतिरिक्त कृयाकलापहरु सन्चालन गरेको थियो।
विद्यालयले “हाम्रो विद्यालय” शीर्षकमा आयोजित आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता र “हाम्रो विद्यालय” शिषकमै निवन्ध आयोजना गरेको थियो भने विद्यार्थी र शिक्षकहरू बिच मैत्रीपूर्ण भलिवल खेल सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: