वि.सं.   सोमवार, मंसिर २, २०७६   तदनुसार  18 November 2019

राजापुरमा आँखा जाँच शिविर चल्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५ ।    

राजापुर,बर्दिया।
बर्दियाको राजापुरमा रहेको स्वास्थ्य शाखाले नगरपालिका भित्रका विभिन्न वडाहरुमा आँखा जाँच शिविरको सुरुवात गरेको छ । राजापुर नगरपालिकाको आर्थिक सहयोग र फत्तेवाल आँखा अस्पताल बाँके नेपालगंजको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।
सोमबारदेखि सुरु भएको आँखा जाँच शिविरको पहिलो दिन वडा नं.-१ को सामुदायिक भवन सोनपुरमा १९१ जना स्थानियले सेवा लिएकोमा ६ जनाको दृष्टिमा समस्या देखिएकाले थप उपचारका लागि बाँके नेपालगंजको फत्तेवाल आँखा अस्पतालमा रेफर गरिएको र अन्यको शिविरमै उपचार गरिएको थियो । यस्तै मंगलबार राजापुर नगरपालिका वडा नं. २ नयाँगाउँको स्वास्थ्य केन्द्रमा भएको शिविरमा १६२ जनाले आँखाको परिक्षण गराएका थिए जसमध्य १५ जनाको आखामा दृष्टि समस्या देखिएकाले थप उपचारका लागि रेफर गरिएको राजाापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिए ।
यस्तै राजापुर नगरपालिका वडा नं. ९ भिम्मापुर स्वास्थ्य चौकीमा आयोजित परिवार नियोजन सम्वन्धि लामो अवधिको सेटेलाईट क्लिनिक आज सम्पन्न भएको छ । जसमा सन्तानको रहर पुगेका र जन्मान्तर राख्न चाहने स्थानिय ६२ जनाले इम्प्लान्ट र ९ जनाले कपर्टी सेवा लिएको शाखा प्रमुख अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्:


Loading...