वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

[गजल] कसैको जबरजस्ति…

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर २४, २०७५ ।    

-गीता स्मृति कठायत, दिपायल, डोटी ।

कसैको जबरजस्ति थिएन कसैको कर लागेन।
पति मरेदेखि रातो कालो लाउने रहर लागेन ।

जिउन मुस्किल बनाउने एक त समाज थियो,
विधुवालाई आफ्नै जवानीको नि भर लागेन ।

सबैले हानेका ढुङ्गाको पर्खाल बनाएको थिएँ,
मलाई तपाईले हिर्काउनु भएको पत्थर लागेन।

प्यार र प्यार गर्नेसित मलाई बहुत डर लाग्छ,
थप्पड र थप्पड हान्नेसित कहिल्यै डर लागेन।

सराबीको छेउमा बसेर हो छोरो सराबी बन्यो,
उस्लाई महात्माको छेउमा राखे असर लागेन।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...