वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

शाहिपुरमा शहरी स्वास्थ केन्द्रको स्थापना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर २४, २०७५ ।    

शाहीपुर,बर्दिया।
ठाकुरबाबा नगरपालिका वडा नं ५ शाहिपुरमा शहरी स्वास्थ केन्द्रको शुभारम्भ गरिएको छ । नगरपालिका भित्र पर्ने सम्पूर्ण वडा भित्र स्वास्थ्य चौकी निर्माण गर्दै लाने नीति अनुरुप यो केन्द्रको स्थापना गरिएको हो । एक कार्यक्रमका विच सो शहरी स्वास्थ्य केन्द्रको नगरप्रमुख घन नारायण श्रेष्ठले उद्घाटन गरेका हुन ।
सामान्य उपचार गर्नका लागि समेत बगनाहा वा भुरिगाउँ जानुपर्ने बाध्यता रहेकोमा यो स्वास्थ्य केन्द्र सन्चालनमा आएसँगै स्थानियले राहत पाउनेमा आफु आशाबादी रहेको देवीराम थारुले बताए । गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध भएपछी अब सामान्य चेकजाँच गराउन अन्यत्र जानु पर्ने , सुत्केरी हुँदा रातारात कुद्नु पर्ने बाध्यता हटेको उनले बताए।
एक गाउँ एक स्वास्थ्य केन्द्र बनाउने लक्ष्यसहित अघी बढेको नगरपालिकाले हालसम्म ४ वटा वडामा स्वास्थ्य केन्द्र सन्चालनमा ल्याईसकेको छ ।

ठाकुरबाबा नगरपालिकाको स्वास्थ्य नीति पढ्नुहोस्:
-नगरपालिकाद्धारा दुई(२) वटा नगर एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाइने छ । उक्त सेवामा ज्येष्ठ नागरिक, अपाङ्गहरुलाई छुटको व्यवस्था मिलाइनेछ ।
-नेउलापुरमा १५ शैयाको प्रसुति सेवासहितको अस्पताल निर्माण गरिनेछ ।
-ठाकुरद्धारा स्वास्थ्य इकाइलाई व्यवस्थित गरिनेछ ।
-सवै स्वास्थ्य संस्थामा प्रयाप्त औषधिको व्यवस्था मिलाईनेछ ।
-मधुमेह परीक्षण र रेबिज बिरुद्धको भ्याक्सिनको सहज व्यवस्था गरिनेछ ।
-पाठेघरको समस्या रहेका महिलाहरुको चेक जाँच निःशुल्क गरिनेछ ।
-सिकलसेल एनिमियाको चेक जाँचका लागि स्थानिय स्तरमै चेक जाचको व्यवस्था गरिनेछ ।
-ठाकुरबाबा नगरपालिकाका नगरबासीहरुलाई रगतकै कारणले अकालमा मृत्युबाट बचाउनाका लागी रक्तदान कार्यक्रमको व्यवस्था गरिएकोछ ।
-जेष्ठ नागरिक तथा महिलाहरुलाई स्वास्थ्य चौकी र नगरपालिका भित्रका अस्पतालमा हुने उपचार सेवालाई निःशुल्क गरिनेछ ।
-उपभोक्ताको हक हित र स्वास्थ्यलाई संरक्षण गर्न नियमित रुपमा बजार अनुगमन गर्ने कार्य कडाइका
साथ लागु गरिनेछ ।
-वर्षायाममा यस नगरपालिकाका सवै गाँउ बस्तीमा विषालु सर्पको व्यापक बिगबिगी हुने हुंदा सर्प दंश
उपचार केन्द्र सैनवारलाई आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
-गाउँघर क्लीनिक सञ्चालनका लागी आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
-सुत्केरी आमालाई नगद रु. १ हजार तथा नवजात शिशुहरुका लागी न्यानो झोलाको व्यवस्था गरिनेछ
-किशोरीहरुका लागि विद्यालयमा आकास्मिक महिनावारीका लागि सेनेटरी प्याडको व्यवस्था गरिनेछ
-ठाकुरबाबा नगरपालिका भित्र पर्ने सम्पूर्ण वडा भित्र स्वास्थ्य चौकी निर्माण गर्दै लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...