वि.सं.   सोमवार, मंसिर २, २०७६   तदनुसार  18 November 2019

बर्दियाका युवा केशव चालिसेको अभिनय रहेको सालैजो सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर २४, २०७५ ।    

ठाकुरबाबा, बर्दिया।
मेरो लागि जोवन सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बर्दियाका युवा केशव चालिसेको अभिनय रहेको यस गीतमा करीश्मा शाही ठकुरीले उनलाई साथ दिएकी छिन। त्यस्तै भिडियोमा प्रकाश भट्ट र निशा शाही लगायतको अभिनय रहेको छ ।
चर्चित गायिका शर्मिला गुरुङ र सञ्जय घलेको स्वर रहेको ‘मेरो लागि जोवन।।।(सालैजो)’ गीतमा विवश दर्लामीको शब्द र लय छ । घनश्याम चौधरीले छायांकन गरेको यो गीतको म्युजिक भिडियोको सम्पादन रामु चौधरीले गरेका हुन भने निर्देशन करिश्मा शाही ठकुरीले गरेकी हुन । म्युजिक भिडियोलाई लङाली म्युजिक प्रालीले बजारमा ल्याएको हो । सालैजो गीत पश्चिम नेपालको रमणीय क्षेत्र बर्दिया र बाँकेका सुन्दर स्थानमा छायाङ्कन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्:


Loading...