वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

हामी राष्ट्र सेवक हो, प्रशासक होइन : प्रजिअ कुरुम्बाङ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ ।    

जनताको घरदैलोमा सरकारी सेवा पुर्‍याएर चर्चामा आएका निडर तथा जनताप्रती जवाफदेही र भ्रष्ट्राचार विरोधीका रुपमा चिनिएका बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ ‘इन्टेग्रिटी आईडल-२०१८’ बाट सम्मानित भएका छन। एकाउन्टिबिलिटी ल्याबले आयोजना गरेको इन्टेग्रिटी आईडलमा कुरुम्बाङ पपुलर भोटमा सबैभन्दा धेरै मत ल्याई विजेता बनेका हुन । बर्दिया जिल्लाको समग्र विकास र प्रशासनलाई जनउत्तरदायी बनाई सेवासुबिधा जनताको घरदैलोसम्म पुर्‍याउने उत्प्रेरकको रुपमा लागिपरेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङसँग यसै सेरोफेरोमा रहेर बर्दिया अनलाईनका लागि अनिता चलाउने र महेन्द्र विष्टले लिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।  [भिडियो]
-सम्पादक

सर्वप्रथम त बधाई छ बर्दिया अनलाईनको तर्फबाट । पुरस्कार जितेपछी कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
– धन्यवाद। खुशी भन्दापनि जिम्मेवारी थपिएको अनुभव गरेको छु । पहिले पनि थियो अहिले झन बढी थपिएको छ । उत्प्रेरकको रुपमा लिएको छु । हामी जन्मभुमीलाई माया गर्ने गर्छौँ, तर हामी कर्मचारी जहाँ जहाँ जान्छौँ त्यहाँ शासक होइन सेवकको रुपमा काम गर्नुपर्छ भन्ने मेरो ‘मोट्टो’ नै हो । जनतालाई माया गर्नुपर्छ । जनताको आवश्यकता अनुसार जिल्लाको समस्यालाई बुझेर काम गर्नुपर्छ । म त्यसमा सजक छु ।

तपाईं र तपाईंको कार्यशैली अरुको भन्दा सकारात्मक रुपमा बर्दियाका जनताले फरक स्वाद लिए । किन फरक तरिका अपनाउनु भयो ?
– हामी राष्ट्र सेवक हो, प्रशासक होइन । लोकतन्त्रको ध्यय भनेको भनेको पनि यही हो कि जनतालाई सर्बोपरी मानेर उनिहरुकै हकहित र सेवाको लागि सदैव तत्पर हुनु पर्दछ । हामीमा जिम्मेवारी धेरै छ, राजनीतिले निती बनाउछ, कार्यक्रम दिन्छ। त्यसलाई इमान्दार तरिकाले कार्यन्वयन गरेनौँ भने न सेवा प्रबाह राम्रो हुन्छ, न त सम्रिद्दीको दिशामा अघी बढ्न सकिन्छ। त्यसैले ईमान्दार भएर आफ्नो जिम्मेवारी बहन गर्नु पर्दछ भन्ने मेरो धारणा हो ।

बर्दियाली जनताहरुलाई के भन्न चाहनु हुन्छ ?
– जिल्लाको बिकासको निम्ती सबै पक्ष एक भएर अघी बढ्नु पर्दछ । हामीमा कस्तो चलन छ भने एकले अर्काको कुरा काटेर जिल्लाको बिकास हुँदैन । हामी एक भएर हिंडेमात्र समग्र बिकास गर्न सकिन्छ । सधैं साथ र सहयोग पाईरहुँ । धन्यवाद ज्ञापन गर्दछु ।

बर्दियामा के कस्ता विकृतिहरु देख्नु भएको छ ?
– मुख्य त लागुपदार्थको दुर्व्यसन, बालबिबाह, महिला हिंसा, मादक पदार्थसिर्जित समस्याहरु हुन । यी समस्या लगायत अन्य पनि छन । हामी समग्रमा ‘रिजल्ट’ आउने गरी काम गरिरहेका छौँ । अरु धेरै समस्याहरुमा हामी जेरो लेभलमा झारीसकेको छौं तर लागु पदार्थ दुर्व्यसनको लागि हामी प्रयासरत रहदा पनी अझै पूर्णरुपले समस्या सुल्झ्याउन सकिएको छैन । पछील्ला केही समयमा यसको जरोसम्म पुग्न सफल भएका छौँ । आश गरौँ चाडै यसलाई पनि निर्मुल पार्नेछौँ ।

यहाँको विचारमा बर्दियाको बिकासका लागि गर्नै पर्ने कुराहरु के के हुनसक्छन ?
– बर्दिया जिल्ला प्रक्रितीको भन्डार हो । जिल्ला बिकासका लागि मुख्य त पर्यटन, कृषि, बाटोघाटो र लघुउध्योग हुन । टुरिजमको ठुलो सम्भावना छ, त्यती ध्यान दिन पाएको छैन, र पनि यसको बिकासले जिल्लालाई अघी बढाउन टेवा दिन्छ । कृषिमा अहिले सुपरजोनको अवधारणा अघी बढीरहेको छ, यसले निकै सहयोग गर्छ । सबै यसतर्फ लाग्नु पर्दछ ।

जिप्रकाको घुम्ती शिविर निकै रुचाइएको कार्य अन्तर्गत पर्छ ? आगामी दिनमा जिप्रकाको योजनाहरु के के छन ?
– पहिला पहिला हामी महिनामा एक पटक गर्ने गरेका थियौँ । अब हप्ता हप्तामा यो कार्यक्रम लिएर जनताको दैलोसम्म पुग्छौं । नागरिकता, मतदाता, स्वास्थ्य सेवाहरु समेटेका छौँ । हामी प्रत्यक हप्ताको शुक्रबार जान्छौ । यसले के गर्दो रहेछ भने जनता र सरकारको सम्बन्ध निकै प्रगाढ बनाउने गर्दछ ।

बर्दियाका बजारमा नियमित अनुगमन गर्ने परिपाटि बसाल्नु पर्ने पछील्लो तपाईंहरुकै अनुगमनले पनि देखाउछ ? यसबारे केही सोच्नु भएको छ ?
– बजार त यत्ती खराब थियो कि प्रायजसो पसलहरुमा म्याद गुज्रेका खाध्य सामान बेच्थे, मिसावट थियो, पेट्रोलपम्पमा कम तेल दिने, खानेपानीमा समस्या थियो। यसमा करिब करिब ब्यवस्थित भएका छौँ । औषधीमा पनि त्यस्तै थियो । अहिले हामीले धेरै नियन्त्रण गरिसकेका छौँ । र पनि यसमा निरन्तर लागिरहने छौँ । अनुगमन जारी नै रहने छ । सात महिनामा ५१ जनालाई तत्काल पक्राउ गरेर कर्वाही अघी बढाएका छौं ।

जिप्रका र स्थानिय तहविच सम्बन्धलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
– हामी अहिले संघिय सरकारको प्रतिनिधिको रुपमा यहाँ छौँ । धेरै जसो कामहरु स्थानिय तहले गर्ने गर्दछ । यद्दपी संघिय सरकारका कामहरु पनि धेरै छन, जस्तो हुलाकी सडक, सुपरजोन अवधारणा । हामीसँग स्थानिय, प्रदेश र संघिय गरी ३ वटा सरकार छ । एकले अर्कोलाई सहयोग बिना कसैले प्रगती गर्नै सक्दैन। यसर्थ हामी आफ्नो आफ्नो तहबाट एक अर्कोमा ‘कनेक्टेड’ छौँ । आपसी सम्बन्ध हुनु अती आवश्यक छ ।

फरक प्रसंगमा बर्दियामा कला साहित्यमा लागेर चिनिएका कलाकारहरु धेरै छन । यस तर्फ केही सोच गर्नुभएको छ ?
– पक्कै पनि कला साहित्यले समाजलाई डोर्‍याउने काम गर्दछ । कलाकारको प्रतिभा पहिचान गरी सम्मान गरिनुपर्दछ । केही महिना जिल्लामा बाढीपहिरो र अन्य बिकासका लागि अघी बढीयो, नढाटी भन्नु पर्दा त्यसतर्फ ध्यान दिन सकेका थिएनौँ । केही गर्नेछौ ।

अन्तमा यहाँलाई फेरी पनि बधाई दिदै बर्दियाको वसाई सुखद र उल्लेखनिय रहोस् शुभकामना ! जादाजादै केही भन्नु हुन्छ ?
– धन्यवाद । जबसम्म बर्दिया बस्छु, म बर्दियाली नागरिकहरुको सेवकको रुपमा लागिरहने छु । बर्दियाको बिकासको लागि २४ घण्टानै समर्पित गर्नेछु । मलाई उहाँहरुले पूर्णरुपले साथ दिनुहुनेछ भन्ने आश गर्दछु ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...