वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुर खाद्य संस्थानले शुरु गर्‍यो धान खरिद

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ ।    

राजापुर,बर्दिया।
बर्दियाको राजापुरमा रहेको नेपाल खाद्य संस्थान आधुनिक चामल कारखाना राजापुर बर्दियाले धान खरिद कार्य शुरु गरेको छ । यहि मंसिर ९ गते सार्वजानिक गरिएको संस्थानको धान खरिदमा मोटा धान प्रति कुन्टल २ हजार ३ सय ३१ रुपैया २२ पैसा र मध्यम धान प्रति कुन्टल २ हजार ४ सय ६० रुपैया ५७ पैसा र मकवानपुर धानको मुल्य रु. २ हजार ५ सय ५० रुपैया तोकेर खरिद गर्ने भएको हो। राजापुर क्षेत्रमा उत्पादित धान खाद्य संस्थान अन्तर्गत आधुनिक धान–चामल कारखाना राजापुरले खरिद गर्ने गरेको छ । खाद्य संस्थानका अधिकृत रेवन्त रावलले सरकारले धानको समर्थन मूल्य तोकेपछि व्यवसायीले ५० रुपैयाँ बढाएर खरिद–बिक्री गर्न थालेको बताए ।
हरेक वर्ष असोजको अन्तिम साता धानको मूल्य कायम गर्नुपर्नेमा केन्द्रको निर्देशन नआएका कारण समयमा मूल्य कायम गर्न नसकेको हो । राजापुर वजारमा स्थानिय व्यापारीले मोटा धान २ हजार २ दुई सय देखि २ हजार ३ सय सम्म, मध्यम धान २ हजार ४ सय सम्म, मकवानपुर धान २ हजार ५ सय देखि २ हजार ५ सय ५० सम्म र मसिनो धान २ हजार ५ सय देखि ३ हजार ५ सय सम्म खरिद गरि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: