वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

प्राविधिक शिक्षा तथा स्मार्ट विद्यालय निर्माण गर्न नेरामावी राजापुरमा महयज्ञ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ ।    

मिन अधिकारी/राजापुर।
प्राविधिक शिक्षा सञ्चालन तथा स्मार्ट विद्यालय निर्माण गर्नका लागि शैक्षिक तथा धार्मिक,सांस्कृतिक एवंम धनधान्याचल महायज्ञ बुधबारबाट संचालन हुने भएको छ । बर्दियाको राजापुर नगरपालिका-२ नयाँगाउँमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयले स्मार्ट तथा सुविधा सम्पन्न विद्यालय निर्माणको लागि महायज्ञको आयोजना गर्न लागेको हो । महायज्ञ बुधबारदेखि सुरु हुनेछ । महायज्ञबाट संकलन भएको दान रकम स्मार्ट विद्यालय निमार्ण तथा अन्य भौतिक तथा शैक्षिक विकासमा खर्च गरिने आयोजकले जनाएको छ ।
विद्यालयको प्राङ्गणमा संचालन हुने महायज्ञ मंसिर १९ गते देखि २६ गतेसम्म चल्ने आयोजकले बताएको छ । सात दिनसम्म संचालन हुने उक्त महायज्ञमा आध्यात्मिक प्रखर एवम प्रलोक बाचक पण्डित श्री ऋषिकेश पोखरेलबाट दैनिक कथा वाचन गरिने छ। विद्यालयमा कक्षा कोठा सुधार, कम्प्युटर तथा प्रोजेक्टरबाट पठनपाठन, सुविधा युक्त बसाई, शैक्षिक सामाग्रीको अधिक्तम, सुरक्षित खानेपानी तथा शौच लगाएतका सेवा सुविधाका साथै स्मार्ट विद्यालय निमार्णले बालवालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज हुने विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालय तथा आफनो क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने भन्दै स्थानियबासी तथा अभिभावक महायज्ञलाई सफल पार्न जुटेका छन् ।
महायज्ञमा संकलन भएको अन्नदान, तुलादान लगाएतका जिन्सी तथा नगद दान रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासमा प्रयोग गरिने भएकाले आफनो क्षमता अनुसार सक्दो दान गरिदिनका लागि सर्वसाधारण तथा अभिभावकहरुलाई विद्यालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: