वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुरमा जिप्रकाको घुम्ती शिविर : झन्डै ६ सय स्थानिय लाभान्वित

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५ ।    

राजापुर,बर्दिया।
जिल्ला प्रशासन कार्यालय बर्दिया र ईलाका प्रशासन कार्यालय राजापुरको आयोजना र राजापुर नगरपालिका वडा नं ६ को समन्वय एवम् सहकार्यमा राजापुर नगरपालिकाको वडा नं. ६ मा एक दिने नागरिकता वितरण तथा स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ ।
शिविरमा १६५ वटा नागरिकता प्रमाण पत्र वितरण गरिनुका साथै १८० जनाको फोटो सहितको मतदाता नामावली संकलन गरिएको छ भने २१५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशाकिय अधिकृत अर्जुन सुवेदीले गेरुवा गाउँपालिकामा २, वारबर्दियामा ४, ठाकुरबाबामा २ र राजापुरमा १ गरी ९ वटा शिविरहरु सञ्चालन भएको जनाउदै जनताको घरदैलामा सेवा पुर्‍याउने लक्ष्य अनुसार शिविर आयोजना गरिएको बताए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्गवाङको प्रमुख आतिथ्यता र बर्दियाका प्रहरी प्रमुख सुरेन्द्र मैनालीको विशेष आतिथ्यतामा भएको कार्यक्रम राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारुको सभापतित्वमा सम्पन्न भएको थियो।
बर्दियामा आएपछि जनताको काममा रातदिन लागि परेको र अहिले नेपाल भरीका उत्कृष्ट र सफल प्रशासकमा परेकोले बर्दियाली जनताको साथ र सहयोगले आफु जिम्मेवारीमा थप उत्प्रेरित हुनुका साथै बर्दिया जिल्लाको विकासका लागि सधै लागि पर्ने प्रजिअ कुरुङवाङले बताएका छन । राजापुर नगरपालिकाका प्रमुख चौधरीले नेपाल सरकारको नीति अनुसार यस्ता शिविरहरु जनताको घरदैलोमा आयोजना गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्: