वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राहत माग्दै बाढी पीडित नगरपालिकामा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर १५, २०७५ ।    

भुरिगाउँ,बर्दिया।
पटक-पटक राजधानीसम्म पुगेर ध्यानाकर्षण गराउँदा पनि आफ्नो माग सुनुवाई नभएको भन्दै ठाकुरबाबा नगरपालिकाका बाढी पीडितहरुले आफुहरुले पाउनु पर्ने राहतका लागि पहल गरिदिन ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएका छन ।ज्ञापन पत्र बुझ्दै नगर प्रमुख घननारायण श्रेष्ठले बाढी प्रभावितका समस्या समाधानका लागि आफु सदैब सकारात्मक रहेकाले यथोचित पहल गर्ने बताए । बाढी प्रभावितहरुले भोगेको समस्या आफुले पनि महसुस गरेको बताउदै श्रेष्ठले नगरपालिका समस्या समाधानका लागी प्रतिबद्ध रहेको बताएका छन।
राहतकै निम्ती पटक पटक राजधानी पुग्दा पनि आफ्नो माग अझैसम्म सुनुवाई नभएको २०७१ सालको बाढी प्रभावितहरुको गुनासो छ । माग सुनुवाई नभएमा चरणबद्ध आन्दोलन गर्ने समेत उनिहरुले चेतावनी दिएका छन् । बाढी पीडित संघर्ष समितिका संयोजक डिल्लीराज खनालको संयोजकत्वमा झण्डै साढे ५ सयको सहभागितामा ज्ञापन पत्र बुझाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्: