वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

जलवायू परिवर्तन तथा विपद जौखिम न्यूनिकरण सम्बन्धी तालिम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर ४, २०७५ ।    

मिन अधिकारी/राजापुर
‘कर्णाली वेशिन उत्पादनसिल जलस्रोत व्यावस्थापन बहु सरोकारवाला जलकचरी’ भन्ने मुल नाराका साथ विपद जौखिम न्यूनिकरण, जलवायु परिवरतन अनुकुलन र जलस्रोत व्यवस्थापन सम्बधी एकदिने तालिम राजापुर क्षेत्रका जनप्रतिनिधिहरुलाई दिईएको छ । राजापुर नगरपालिका वाड न १ र ७ मा अफनो कार्यक्षेत्र बनाएर काम गरिरहेको सस्था पानी परियोजना अन्तरगत किर्डाक नेपालको आयोजना र राजापुर नगरपालिकाको समन्वयमा कार्यक्रम सन्चालन गरिएको थियो । राजापुर नगरपालिका भित्रका सम्पुर्ण जनप्रतिनिधिहरुलाई जलवायू परिवर्तन र राष्टिय अनुकुलन कार्य सम्बन्धी राष्टियको प्रयास सम्बन्धी जानकारी गराई राजापुर क्षेत्रमा जलवायू परिवरतनको असर कस्तो परेको छ भनि जानकारी लिने र दिने कार्यक्रम को उदेश्य रहेको किर्डाक नेपाल राजापुरका कायक्रम अधिकृत मनलाल जोशीले बताए । कार्यक्रमको उत्घाटन गदै प्रमुख अथिति राजापुर नगरपालिका प्रमुख शिव प्रसाद थारुले समय समयमा किडाक नेपालले गरेका कार्यक्रम धेरै राम्रा कार्यक्रम भएको भन्दै आफुहरुले पनि राजापुरमा बिभिन संघ संस्थाको सहयोगमा जल वायू परिवरतनका कार्यक्रम बिभिन समयमा गरिरहेको तर जलवायू परिवरतनमा यस्ता समस्याहरु कसरी नियूनिकरण गर्ने भन्ने बारेमा छलफल गर्ने बताउदै राजापुर नगरपालिका बाट सक्दो सहयोग गर्ने समेत जनाएका छ्न ।
किडाक नेपाल थिम लिडर अभिशेक श्रेठको सभापतित्वमा सन्चालन भएकोे तालिममा कर्णाली वेशिनहरुमा जलवायु परिवरत र यसको असर अनुकुलन बिषयमा सहजिकरण प्रकृतिक रिसर्ज सेन्टरका कार्यक्रम संयोजक प्रदिप भटराईले गर्दै विश्वभर भएको अनुसन्धानमा अहिले १.५ डिग्री सेल्सीयस ताक्रम बढोको मौसम अनुकुलन मानिसले गरेका कृयाकलाप बाट वायू प्रदुशर्ण भएका विकसित मुलुकले बिभिन र्काव्डाक्साहिट अत्याधिक ब्रिधी हिमताल बिस्पोट हुने बिधिन समयमा तापक्रम अत्याधिक ब्रिधि हुनाले जलवायू परिवरतन हुनेगरेको बताउदै बिशेस गरी जलवायू परिवरतनले कूषि ,जलस्रोत, खानेपानि ,जनस्वास्थ, जौबिक बिभिता, जलबिधुतमा, बढी प्रभाबित हुने गरेको जानकारी गराएका थिए । उक्त तालिममा जलवायू परिवरतनमा भएको राष्टिय प्रयास बारे सहजिकरण गर्दै प्रकृतिक रिसर्ज सेन्टरका अधिकृत प्रविर्णमान सिँहले राजेको संघिय व्यावस्था अनुसार भईरहेको संघिय सरकारको जलवायू लक्षित बजेट छुटायको उच्च सान्दाभिक ५अर्व ८० करोड (४.४१प्रतिसत )र सान्द्भिक ४२अर्व ९० करोड (३२.६२ प्रतिसत बिनियोजन भएको भन्दै बिनियोजित बजेटको ८० प्रतिसत समुदायमा जानुप्रने प्रावधान रहेको बताए। राष्टिय जलवायू निति २०६७ , जदवायू परिवरतन परिषद, जलवायू परिवरतन व्यावस्थापन महाँसाखा, कालापथर घोषर्ण पत्र , अन्तराष्टिय सम्मेलनहरुमा सहभागी भएको समेत जनाएका थिए । कार्यक्रममा राजापुर नगरपालिका सम्पुर्ण जनप्रतिनिधी स्थानिय सरकार का बिशयगत शाखाका क्रमचारीहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...