वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

देउसी-भैलोबाट उठेको रकम निर्माणाधिन जेष्ठ नागरिक भवनलाई सहयोग

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, कार्तिक २६, २०७५ ।    

भुरिगाउँ,बर्दिया।
बर्दियाको भुरिगाउँमा जेष्ठ नागरिकहरुले देउसी भैलोबाट संकलन भएको रकम जेष्ठ नागरिक चौतारी भवनलाई सहयोग गरेका छन् ।
ठाकुरबाबा नगरपालिका-१ डुम्रेनीका समाजसेवी कण्ठ कठायतको संयोजकत्व र स्थानिय युवा लोकेश तिमिल्सेनाको नेतृत्वमा देउसीभैलो खेलेर संकलन भएको रकम जेष्ठ नागरिकको भवन निर्माणमा सहयोगार्थ प्रदान गरिएको हो। देउसी भैलोबाट संकलन भएको १९ हजार ६ सय ७५ रुपैया र ३ हजार ५० रुपैया बराबरका जिन्सी सामाग्रीहरु समेत एक कार्यक्रमका बिच जेष्ठ नागरीक चौतारी भुरीगाउलाई सहयोग गरिएको प्रभुनाथ घोडासैनीले जानकारी दिए ।

पछिल्लो समयमा देउसीभैलोमा आधुनिक प्रबिधीका साधनहरु प्रयोग गरिने प्रचलन बढेको र संकलन भएको रकमले पिकनिक खाने क्रममा दुर्घटना हुने गरेको तितो यथार्थ भन्दा माथी उठेर सामाजिक बिकासमा एकजुट भई सहयोग गरौ भन्ने उदेश्यलाई मध्यनजर गर्दै गरिएको यसप्रकारका कार्यले जेष्ठ नागरिक चौतारीलाई सहयोग मात्र नभइ स्थानिय स्तरमा रहेका क्लब संघ संस्था दाजुभाई दिदिबहिनीहरुलाई संकलन रकम अनाबस्यक रुपमा खर्च नगर्न सचेतना समेत यसले दिएको छ ।
तपाईं पनि जुनसुकै बेला जेष्ठ नागरिकहरुका लागि निर्माण हुन लागेको भवनमा हातेमालो गर्न चाहनुहुन्छ भने कृपया तपाईंले तल सम्बन्धि व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ । साथै जेष्ठ नागरिक चौतारीको बैंक खातामा पनि सहयोग गर्न सक्नुहुनेछ :
Bank a/c -४४७००००३७७०१ राष्ट्रिय वाणिज्य बैंक भुरिगाउ शाखा बर्दिया  Account holder name-जेष्ठ नागरिक चौतारी

सम्पर्क:
चक्रबहादुर शाही  (नेपाल) मोबाइल नं. -९८०४५२३५४७
प्रभुनाथ घोडासैनी (युएइ) मोबाइल नं.-००९७१५०६७७४१७८
सन्तोष श्रेष्ठ (अमेरिका) ५७१-२०८-७३६०

प्रतिक्रिया दिनुहोस्: