वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

५ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुले लिए सपथ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ ७, २०७४ ।    

बुटवल, रुपन्देही ।
प्रदेश नं ५ मा आज प्रदेश सभा सदस्यहरुको सपथ ग्रहण बुटवलमा सम्पन्न भएको छ ।  प्रदेश नं ५ का प्रमुख उमाकान्त झालेले जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।


त्यस लगत्तै जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेलले प्रदेश सभाका अन्य सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा भएको थियो ।

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्: