वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

होमस्टे डल्ला गाउँमा सौर्य सडक बत्ती जडान

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको सुर्यपटुवा–४, मा रहेको जैविक मार्ग होमस्टे डल्ला गाउँमा १७ वटा सौर्य सडक बत्ती जडान गरीएको छ । पर्यटन प्रर्वधनका लागि होमस्टे गाउँको सडकमा सौर्य सडक बत्तीका लागि तारा गाउँ विकास समितीले १ लाख ५० हजार आर्थिक सहयोग गरेपछी सौर्य सडक बत्ती जडान गरीएको हो ।
डल्ला गाउँको होमस्टेका लागि आएको सहयोग रकम १ लाख ५० हजार र जनश्रमदान ५० हजार गरी २ लाख बराबरको खर्चमा १७ वटा सोलार सडक बत्ती १ सय ५० मिटरको दुरीमा जडान गरीएको छ ।
सौर्य सडक बत्ती जडान पछि जैविक मार्ग होमस्टे डल्ला गाउँमा पर्यटन व्यवसाय थप फस्टाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: