वि.सं.   आइतवार, बैशाख ८, २०७६   तदनुसार  21 April 2019

हुलाकी सडक निर्माण आषाढ मसान्त भित्रै कालोपत्रे गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

बर्दिया ।
राष्ट्रिय गौरवको आयोजना भुरीगाउँ–गुलरिया हुलाकी सडकको कालोपत्रेका सम्बन्धमा ठाकुरबाबा नगरपालिकामा अन्तरक्रियात्मक छलफल गरिएको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, नगरउप–प्रमुख कृष्णाकुश्मा थारु, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनाली, रेडियो टाइगरका प्रबन्धक भावुक योगी, इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी उपरिक्षक प्रदिप कुमार डिसी लगाएतको उपस्थितीमा शर्मा राजेन्द्र जेभिका भिम साउद र पिके कन्ट्रक्सनका प्रकाश बि.क. संग भुरीगाउँ–गुलरीया हुलाकी सडक निर्माणका सम्बन्धमा छलफल गरिएको हो ।

बुधबार बसेको बैठकले बर्दियाको हुलाकी राजमार्गको ८ नम्बर चोक देखि भुरीगाउँ खण्डको १८ किलोमिटर सडक निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको नदेखिएकाले बर्षात् अगावै आषाढ मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनी शर्मा राजेन्द्र जे भि थप जिम्मेवार र जवाफदेहि हुनुपर्ने निर्णय भएो जनाईएको छ । यस्तै निर्माण कार्यमा प्रहरी सहितको प्रशासन स्थानिय सरकार, मिडिया लगायतका सरोकारवाला सबै निकायले सहयोग र सहजिकरण गर्ने निर्णय गरिएको छ ।

भुरीगाउँ गुलरीया सडक खण्ड अन्तर्गत हुलाकी मार्गमा कतिपय स्थानमा थप कल्भर्ट नाली आदि राख्नुपर्ने तथा भएका कल्भर्टहरु समेत साईजकहरु संसोधन गर्नुपर्ने भएको हुदा उक्त कार्यहरुको भेरीएसनका लागी हुलाकी सडक आयोजनालाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।

यो पनी पढ्नुहोस् :

सदरमुकाम जोड्ने हुलाकी सडक धुलाम्मे हुँदा स्थानियलाई सास्ती

बाटो धुलोमय हुँदा बगनाहा बजारका ब्यापारीहरु मर्कामा

कालोपत्रे गरिदैँ हुलाकी सडक

बन्ने भयो बर्दियाको सदरमुकाम जोडने हुलाकी सडक

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...