वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

हुलाकी सडकको कथा : सडक नयाँ सकस पुरानै

        प्रेम बुढा   |   प्रकाशित मिति: मङ्लबार, बैशाख १०, २०७६ ।    

प्रेम बुढा/बर्दिया ।
वर्षौं देखी वर्षामा हिलो र हिउँदमा धुलोमय बाटोमा कष्टकर यात्रा गरि रहेका स्थानियहरु बाटो कालोपत्रे हुने खबरले हर्षित भए । विस्तारै बाटो कालोपत्रेको काम सुरु पनि भयो तर कालोपत्रे गुणस्तरिय नहुँदा यात्रुहरुको सकस भने उस्तै नै छ । सदरमुकाम गुलरिया जोड्ने हुलाकी सडकको कालोपत्रेको काम भने नस्तो नहुँदा यात्रा गर्ने यात्रुहरुलाई सकस परि रहेको छ ।

‘बेलवा देखी गुलरिया सम्मको खण्डमा गरिएको कालोपत्रेको सतह बराबर नहुँदा सो सडक खण्डमा यात्रा गर्ने यात्रुहरुल नयाँपनको महसुस गर्न पाएका छैनन् । सानोश्री देखि गुलरिया मुर्तिया सडक खण्ड कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले खाल्डाखुल्डी भएको पिच निर्माण गरेका कारण हुलाकी सडकको यात्रा सहज हुन नसेकेको स्थानियहरुले गुनासो गर्न थालेका छन् ।

सानोश्री देखि भत्केको पुल सम्मको करिब १० किलोमिटर सडक खण्डको विभिन्न स्थानमा खाल्डाखुल्डी बनाएर कालोपत्रे गरिएको छ । कतै अग्लो, कतै होचो गरि बनाइएको पिचका कारण कच्ची सडकको झल्को दिने गरि यात्रा गर्नुपरेको धेरैको गुनासो छ ।

ठेकेदार कम्पनिको लापरबाहीका कारण अग्लोहोचो खाल्डा खुल्डीमा पानी जम्ने समस्याका कारण हुलाकी सडकको पिच दिगो नहुने हो की भन्ने तर्फ पनी स्थानियले शंका गर्न थालेका छन् । हुलाकी सडकमा जोडिने गाउँका भित्री सडकहरुमा ठेकेदारले ध्यान नदिदा लोड बोकेका ट्याक्टर र ट्रिपरले कालोपत्रे भत्काउने गरेका छन् ।

हुलाकी सडकको कालोपत्रेलाई छुने सडकको केही भाग तलतिर ग्राभेल तथा कालोपत्रे नगरिएका कारण उकालो चढ्ने गाडीले कालोपत्रेसंगै अधिकासं क्षेत्रकोे बेश तथा सब(वेश नै भत्काउन थालेका छन । भुरीगाउँ सानोश्री देखि गुलरिया मुर्तिया सडक खण्डमा सरकारको ६२ करोड १८लाख रकम खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...