वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

हुरीबतासले कुसुम्बाघाटको निर्माणाधीन झोलुङ्गे पुल बंगायो

        प्रेम बुढा   |   प्रकाशित मिति: सोमवार, जेष्ठ २०, २०७६ ।    

ताराताल (बर्दिया) ।
बारबर्दिया र मधुवननगरपालिकालाई जोड्ने कुसुम्बाघाटको निर्माणाधीन झोलुङ्गे पुल हावाले बंगाएको छ । आइतबार राति आएको हावाहुरीले पुलमा ओछ्याइएको प्लेट बंगाएको हो । लट्ठामा जोडिएको प्लेटका नटबोल्टहरु राम्रोसँग नकसेका कारण पुलमा ओछ्याइएका प्लेट बांगिएको बुझिएको छ ।

पुलनिर्माणमा खटिएका प्राविधिक कर्मचारीका अनुसार ठूलो क्षती नभएपनि पुरानै अवस्थामा ल्याउन करिब एक साता लाग्ने छ । निर्माणाधिन ४ सय ७० मिटर लामो झोलुङ्गे पुल असारपछि सञ्चालनमा ल्याउने तयारी गरि काम भइरहेको थियो ।

नेपाल सरकारको पुल महाशाखा अन्तरगत सस्पेन्सन पुल डिभिजनसँग ठेक्का सम्झौता भई निर्माण सेवा काठमाडौंले ४ करोड ४१ लाखको लागतमा पुलनिर्माण गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...