वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

हिमालय सहकारीद्धारा अनुशिक्षण कार्यक्रम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, माघ १७, २०७३ ।    

बगनाहा, बर्दिया ।
बर्दिया जिल्लालाई कार्यक्षेत्र बनाई विभिन्न क्षेत्रमा कारोबार संचालन गर्दै आई रहेको हिमालय सहकारी संस्था बगनाहाले बबई नगरपालिका अन्र्तगतको बनकट्टी, शाहीपुर, बनविरपुर, खोनपुर र ढुंग्रहवा गाउँका आफ्ना शेयर सदस्यहरुलाई अनुशिक्षण कार्यक्रम मार्फत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।


शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी जानकारी संगै आफ्ना सेवा सुविधा र कार्यक्रमको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । संस्थाका अध्यक्ष घननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा ऋण उप समिती संयोजक पल्टा थारु, सचिव तथा शिक्षा उप समिती संयोजक विमला कंडेल, शिक्षा उपसमितीका सदस्यहरु पसानी थारु, साधना बोगटीले सहकारी र सहकारी सम्बन्धी आधारभुत ज्ञानका बारेमा जानकारी गराउनु भएको थियो ।


सहकारी नै समग्र आर्थिक समुन्नतीको आधार भएको बताउँदै अध्यक्ष श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
रासायनिक खादमल, विउ विजन, सहकारीमा आधारित सुपथ मुल्य पसल, एकिकृत कृषी फर्म संगै नियमित बचत तथा ऋणको कार्यक्रम संचालन गर्दै आएको सहकारी संस्थाले आफ्नो वार्षिक कार्यक्रम अनुसार सोमबार बबई नगरपालिका १०, बनविरपुरमा १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: