वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

हिजो भुवन केसी र टंक तिमील्सेनाले तताएको बबई महोत्सवमा आज रेखा थापाको पालो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, माघ २२, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको बबई नगरपालिका भुरीगाउँमा माघ १४ गतेदेखी संचालन भई रहेको प्रथम बबई नगर उद्योग, ब्यापार, कृषि, पर्यटन र सुचना प्रविधी महोत्सवमा आज चर्चित नायिका रेखा थापा आउने आयोजकले जनाएको छ ।

हिजो शुक्रबार महोत्सवमा स्थानिय क्लवको विविध सांस्कृतीक कार्यक्रमसंगै नायक भुवन केसी, टंक तिमील्सेना र सौगात ओझाले स्टेज तताउनु भएको थियो । टंक तिमील्सेनाको मेरी छाेरेट्टी गित दर्शकको ओन्स मोरले ५ पटकसम्म गाउनु परेको थियो ।

भोली दर्शकहरुले जनताका गायक बद्री पंगेनीको स्वरमा मनोरन्जन लिन पाउने बबई उवासं का महासचिब महेन्द्र पंगेनीले जानकारी दिनुभयो ।

तस्बिर: निरज निश्चल

प्रतिक्रिया दिनुहोस्: