वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

हान बर्दियाको बैठक गेरुवा-कर्णाली पुलमा सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ १७, २०७४ ।    

गेरुवा, बर्दिया ।
नेपालकै लामो पक्की पुल गेरुवा पुल कोठियाघाटमा हेल्थ असिस्टेन्ट हरुको संघठन ( हान ) जिल्ला कार्यसमिति बर्दियाको बैठक सम्पन्न भएको छ । हानको यहि माघ २१ र २२ गते काठमाडौ मा हुने केन्द्रिय प्रशिक्षण भेला तथा अन्तरक्रिया कार्यक्रमको पुर्वतयारी एबं बर्दिया जिल्ला अन्तरगत कार्यरत हेल्थ असिस्टेन्टहरुसँग सम्बन्धित समसामयिक बिषयबस्तुमा बैठक केन्द्रित रहेको हान बर्दियाका अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिए ।
बैठकमा हेल्थ असिस्टेन्टहरुले केही स्वास्थ्य चौकीहरुमा ईन्चार्जसीप नपाएको बिषयमा पनि छलफल भएको र उक्त समस्या समाधान गर्न हानको पुरै टिम लागिपर्ने प्रतिबद्धता जनाएको हेल्थ असिस्टेन्ट गणेश आचार्य ले जानकारी दिए । स्वास्थ्य चौकीको प्रमुख पाँचौ, छैटौं र सातौं तहको हेल्थ असिस्टेन्ट हुने भनी सरकारको स्पष्ट निति हुदाहुदै पनि चौथो तहबाट स्तरबृद्दी भै छैटौं तह पुगेका अहेव सुरुको पाँचौ तहको हेल्थ असिस्टेन्ट भन्दा सिनियर भएको भन्दै ईन्चारसीप दिन मानिरहेका छैनन् जुन पटक पटकको स्वास्थ्य मन्त्रालयको निर्देशन तथा अदालतको फैसला बिपरित छ । गतबर्ष छैटौं तह पुगेका अहेवहरुले स्वास्थ्य सेवा ऎन को ९(ख) र यस्तै गरि ईन्चार्जसीपका मुद्दा राखी आन्दोलन गरी स्वास्थ्य सेवा अबरुद्ध पार्दा सरकारले केहिलाई निलम्बन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: