वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

हात्ती आतंक बढ्न थाले पछी लठ्याउने औषधि ल्याउने तयारी सुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, चैत्र १२, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी सुरु गरेको छ ।

पछिल्लो समय देशभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अफ्रिकाबाट औषधि र औषधि प्रयोग गर्ने उपकरण ल्याउने प्रक्रिया अघि बढाएको हो ।

अबको केह् िमहिनाभित्र औषधि र ती उपकरण नेपाल आइपुग्ने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । जङ्गली जनावर मात्तिएपछि नियन्त्रण गर्न प्रयोग गर्ने  औषधि खर्चिलो छ ।

मात्तिएका वन्यजन्तुलाई प्राविधिकले एक प्रकारको बन्दुकमार्फत औषधिको प्रयोगले नियन्त्रणमा लिने गर्छन् । प्राकृतिक वासस्थान र आहाराको अतिक्रमणपछि देशभर वन्यजन्तु र मानवबिच द्वन्द्व बढ्दै गएको छ ।

चितुवालाई लठ्याउने औषधि एकपटक प्रयोग गर्दा २५ हजार बराबरको खर्च हुने र हात्तीलाई त्यसभन्दा बढी परिमाणको औषधि खर्च हुन्छ ।” यसबाहेक निशाना गलत भएमा दोब्बर खर्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस्: