वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

स्थानिय विकासका लागि वडा-वडामा अन्तरकृया गर्दै ठाकुरबाबा नगरपालिका

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
स्थानिय समस्या पहिल्याउन र छनौट भएका आयोजनाहरुलाई प्राथमिकिकरण गर्नका लागि सार्वजनिक सुनुवाई पछी अहिले प्रत्यक वडाहरुमा स्थानियसँगै बसेर ठाकुरबाबा नगरपालिकाले वडा वडामा अन्तरकृया कार्यक्रम गर्दै आएको छ । आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं- २ मा आर्थिक बर्ष ०७४/७५ मा छनोट भएका वडा स्तरिय र नगर स्तरिय योजनाहरु कार्यान्वयन गर्ने बिषयमा सरोकारवाला ब्यक्तिहरु विच अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं- २ रानीपुरको खुलाचौरमा सम्पन्न भएको अन्तरकृया कार्यक्रममा आगामी बर्षका लागि ठाकुरबाबा नगरपालिकामा आएको कुन आयोजनालाई कसरी र कुन प्राथमिकतामा राखेर अघी बढ्ने भन्ने बिषयमा स्थानिय बासिन्दाबाट आएका सल्लाह, सुझाब, र गुनासालाई नगरप्रमुखले सम्बोधन गरेका थिए ।


नगर स्तरिय र वडा स्तरिय योजनाहरु कार्यान्वयन गर्ने बिषयमा सरोकारवाला ब्यक्तिहरुसंग अन्तरकृया तथा छलफल कार्यक्रम ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा सन्चालन हुने वडा नं- २ का वडा सचिब चक्रपाणी आचार्यले जानकारी दिए ।
अन्तरकृया कार्यक्रम यस अघि ६ र ७ वडा नम्बरमा सम्पन्न भईसकेको छ भने वडा नम्बर १ मा सोमबार सन्चालन हुने बताईएको छ । ठाकुरबाबा नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख घन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता , ठाकुरबाबा नगर प्रशासकिय अधिकृत कृष्ण प्रसाद खरेलको बिशेष आतिथ्यता रहेको थियो । अन्तरकृया कार्यक्रममा २०० बढी स्थानियहरुको जनसहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: