वि.सं.   शनिबार, मंसिर २८, २०७६   तदनुसार  14 December 2019

स्थानिय र नगरपालिकाको दुरी कम गर्न बडघरहरुलाई मोबाईल वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ ।    
Loading...

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिकाले स्थानिय र नगरपालिकाको दुरी कम गर्न गाउँका बडघरहरुलाई सिम सहितको मोबाईल वितरण गरेको छ । वडा कार्यालयबाट प्रदान हुने सुचना तथा सेवाका कार्यक्रमहरुलाई स्थानियहरुमा सहज र छिटो प्रबाह गर्नका लागि वडा नम्बर ५ अन्तरगतका ७ गाउँका बडघरहरुलाई वडा कार्यालयबाट सिम सहितको मोबाईल उपलब्ध गराईएको हो ।
शाहिपुरमा मगंलबार भएको माघि मिलन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठको समुपस्थितीमा नगरपालिका उपप्रमुख कृष्णा कुश्मा थारु र वडा नम्बर ५ का वडा अध्यक्ष गगांराम जैशीले वडा नम्बर ५ मा पर्ने ढुग्रहवा, खुनपुर, शाहीपुर, बनबिर, बनकट्टी, तकिया र गोबिन्दपुर लगायत गाउँका ७ जना बडघरलाई सिम सहितको मोबाइल बितरण गरेका थिए ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा आदिबासी जनजाती समन्वय परिषद नेपालको आयोजनामा माघि मिलन कार्यक्रम सम्पन्न भएको थियो । परिषदका अध्यक्ष भिख्खुराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रम आदिवासी, जनजाती लगायतका समुदायहरुको कला संस्कृती जर्गेना गर्ने उद्धेश्यले आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: