वि.सं.   आइतवार, फाल्गुन ६, २०७४   तदनुसार  18 February 2018

स्थानिय तहमा सञ्चार क्षेत्रको महत्व र निकायहरु बिच सहकार्य तथा जिम्मेवारी विषयक अन्तरकृया सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, माघ १०, २०७४ ।    

राजापुर, बर्दिया ।
बर्दियाको राजापुरस्थित रेडियो साथी एफ. एम.ले सञ्चार क्षेत्रको महत्व र स्थानिय तहमा सरोकारवाला निकायहरुवीच सहकार्य तथा जिम्मेवारी विषयक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राजापुर क्षेत्रमा रहेका स्थानियहरुको सरोकार हुने कार्यालयले समग्र सञ्चार क्षेत्रसँग के कस्तो सहकार्य गर्न सक्छ र भूमिका कस्तो रहने विषयमा अन्तरक्रिया भएको हो ।
वागेश्वरी एफ. एम. नेपालगंजका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष शुक्र ऋषि चौलागाई र पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले अन्तरक्रिया कार्यक्रममा सहजीकरण गरेका थिए । सेवाग्राही, रेडियो र स्थानिय तह एवम् जनप्रतिनिधिहरु एक अर्काका परिपुरक भएकाले एउटाको अनुपस्थितिमा कुनैपनि काम प्रभावकारी नहुने भन्दै जन प्रतिनिधिहरु सञ्चार क्षेत्रसँग नजिक हुनुपर्ने बताउदै सहजकर्ता चौलागाईले आफुहरुको मुल्यांकन जनताले ५ वर्ष पछि गर्ने तर्फ चनाखो हुनु पर्ने बताए । यस्तै पत्रकार महासंघ बर्दियाका अध्यक्ष धितालले स्थानिय तह, जनप्रतिनिधि र स्थानिय स्थानिय सञ्चार माध्यमहरुको प्रभावकारी सहकार्यले मात्र जनताले प्रभावकारी सेवा पाउने बताए । जसकालागी स्थानिय निकायाले संञ्चार निति बनाउनु पर्ने उनको तर्क थियो ।


स्थानियतहमा आफ्नो बलियो उपस्थिति जनाउन सरोकारवाला निकायवीच टिम वर्क हुनु पर्नेमा सहभागी सवैलअन्तरक्रियामा जोड दिदै आफुहरु प्रतिवद्ध हुने जनाएका छन । अन्तरक्रिया कार्यक्रममा वोल्दै राजापुर नगरपालिका वडा नं- ८ का वडाध्यक्ष चिन्तामणि आचार्यले सञ्चार माध्यमका व्यक्तित्वहरुले आफ्नो जिम्मेवारी र कार्यमा सकारात्मक हुन सुझाव दिए । अन्तरक्रियामा बर्दिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रेश्वर सुवेदी, कर्णाली डेभलपमेन्ट वैकं रापापुर शाखाका प्रमुख, गेरुवा गाउँपालिकाका कार्यकारी प्रशासकिय अधिकृत, जिल्ला समन्वय समिति अधिकारी, जिल्ला प्राविधिक कार्यालय प्रमुख, ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीषक हरिशरण भट्ट लगायतले सुझाव सहितको मन्तव्य राखेका थिए । कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख तथा गेरुवा गाउँपालिकाका प्रमुखले आफुहरु योजनावद्ध रुपमा सञ्चार क्षेत्रसँग सधै सहकार्य गर्न तयार रहेको बताए । सञ्चारको उपस्थिति बिना कुनै पनि कामले पूर्णता नपाउने वताउदै जन-सरोकारको विषयमा सधै सञ्चार क्षेत्रसँग सहकार्य गर्ने , स्थानिय निकायले संञ्चार निति बनाउने र आउने दिनहरुमा सहकार्य गर्न तयार रहेको बताए । राजापुर कम्युनिकेशन प्रालिका अध्यक्ष विश्वमान प्रधानको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारु थिए भने विशिष्ट अतिथिहरुमा गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिहं केसी, राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी, जिल्ला प्राविधिक कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारी लगायत रहेका थिए । अन्य अतिथिहरुमा राजापुर कम्युनिकेशनका सेयर सदस्यहरु, राजापुर नगरपालिका भित्रका वडाध्यक्षहरु गेरुवा गाउँपालिकाका वडाध्यक्षहरु, विभिन्न सरोकारवाला निकाय, सरकारी कार्यालयहरुका प्रमुख वा प्रतिनिधि गरी ५५ जना भन्दा बढिको उपस्थिति रहेको अन्तरक्रियामा स्वागत मन्तव्य रेडियोका संंयोजक टिकाराम रेग्मीले गएर्का थिए । कार्यक्रमको व्यवस्थापन स्टेशन म्यानेजर मीन प्रसाद अधिकारी र सञ्चालन पुरुषोत्तम खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: