वि.सं.   सोमवार, जेष्ठ ७, २०७५   तदनुसार  21 May 2018

सोसल इनोभेसन एण्ड विजनेश इन्क्सूबेसन हवको शाखा नेपालगन्जमा उद्घाटन

        भगतराम थारु   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २२, २०७४ ।    

नेपालगन्ज

सोसल इनोभेसन एण्ड विजनेश इन्क्सूबेसन हवको शाखा नेपालगन्जमा उद्घाटन गरिएको छ । हवको शाखा कार्यालय उद्घाटन कार्यक्रममा थारु समुदायको मयुर नाचले स्वागत गरि कार्यक्रमको सुभारम्भ गरिएको थियो । थारु समुदायको मयुर नाचले मनोरञ्जन लिदै हवको शाखा कार्यालय नेपालगन्जमा उद्घाटन गरिएको हो ।

करिव १ घण्टा ढिलो भएको कार्यक्रम थारु मयुर नाचको प्रस्तुतीले सहभागि सम्पुर्णलाई मनोरञ्जन प्रदान गरि खुसी तुल्याएको थियो । नेपालको सवैभन्दा गर्मी हुने ठाउँको रुपमा रहेको नेपालगन्जको प्रचण्ड गर्मीमा थारु नाचले सहभागिहरुलाई सिचोपना थपेको थियो । बा“केको गाभर भ्याली होम स्टेका संचालक कृष्ण चौधरीको संयोजन आएको थारु नाचले सहभागिलाई झन उत्साह थपेको थियो । थारु समुदायको नाचले यस्ता खालका कार्यक्रमलाई थारु समुदायको नाचले सुनमा सुगन्ध थप्ने गरेको बताएका छन् । थारु मयुर नाच र हुर्डुङ्गवा नाचको प्रस्तुतीले कार्यक्रमको थप उर्जा थपेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफ्नो देश, समाज परिवर्तन गर्नका लागि आफुले केही काम गरेर देखाउनुपर्ने बताउनुभएको छ ।
कप्तान खडकाले आफु सक्षम वन्नका लागि आफैले राम्रो वातावरण सृर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले राम्रो सोच र ईमान्दारिताका साथ लाग्न सके नेपालगन्ज पनि क्रिकेटको हब बन्न सक्ने बताउनुभयो । त्यस्तै चर्चित बैंकर अनिल शाहले समाजमा केही ब्यक्तिले गरेका राम्रा कामलाइ सबैले पछ्याउनुपर्ने बताउनुभयो । उहाँले समाज परिबर्तनका लागी आफैबाट शूरु गर्नुपर्ने बताउँदै सबैको प्रयासले देश उज्यालो तर्फ जाने बताउनुभयो ।
देशमा हुने विभिन्न आपतविपतमा परेको बेला स्वस्फूर्त रुपमा स्वयमसेवकहरु उत्पादन गर्ने उद्देश्यका साथ नेपालगञ्ज क्षेत्रमा शाखा स्थापना गरीएको शाखा प्रमुख सचिन तिमिल्सीनाले बताउनुभयो ।
२०७२ सालको भूकम्पमा स्वयम सेवक रुपमा काम गरेबापत सोसल इनोभेसन एण्ड विजनेश इन्क्सूबेसन हवलाई सरकारले उत्कृष्ठ भोलुन्टेयर अवार्ड प्रदान गरेको थियो । २०२० सम्म नेपालमा १ लाख स्वस्यम सेवक उत्पादन गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ । त्यस्तै सो संस्थाले उद्घाटनकै दिन पारी नेपालगञ्ज क्षेत्रका विभिन्न विद्यालयका अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी गरी ५० विद्यार्थीलाइ सद्भाव छात्रबृत्ति प्रदान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: