वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

सुशासनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २६, २०७५ ।    

नेपालगन्ज (बाँके) ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निमार्ण भईरहेका विभिन्न भौतिक पूर्वाधारको बारेमा पारदर्शिता नभएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ । सुशासनका लागि नागरिक सञ्जाल, बाँकेका तर्फबाट नागरिक समाजले सोमबार जिल्ला प्रशासन कायालय मार्फत् युवा तथा खेलकुद् मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

सञ्जालका संयोजक विश्वजित तिवारी नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्याललाई सो ध्यानाकर्षण पत्र बुझाइएको हो । खेलकुद प्रतियोगिताको तयारीका क्रममा निमार्णाधिन भौतिक पुर्वाधारको पुर्ण स्टिमेट विवरण सहितको सुचना बोर्ड राख्नु पर्ने, सबै पुर्वाधार निमार्ण गर्ने ग्यारेण्टी हुनुपर्ने, निमार्णका क्रममा गुणस्तरिय संरचना बनाउनुपर्ने, निमार्णाधिन संरचनाको बेलाबेलामा अनुगमन गरिनु गर्ने, खेलकुद विकासका लागि दिर्घकालिन कार्ययोजना बनाइ कार्यान्वयन गर्नु पर्ने लगायत ८ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले यसलाई तत्काल सम्वन्धित निकायमा पुर्याउने प्रतिबद्धता गर्दै सो
विषयमा स्थानीयस्तरमा छलफलको पहल गर्ने बताउनुका साथै आफूले  समन्वय र सहकार्य गरि खेलकूदलाई मध्य नजर गरि बाँके जिल्लामा सुरक्षा ब्यवस्था मिलाएको बताए । सुशासनका लागि नागरिक सञ्जाल, बाँके लगायतले संयुक्त रुपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्  । साथै बोधार्थमा मुख्य मन्त्री कार्यालय प्रदेश नं.५ वुटवल सरकार, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, राष्ट्रिय खेलकुद परिषद मार्फत आठौ राष्ट्रिय खेलकुद तैयारी समितिको सचिवालय, जिल्ला प्रशासन कार्यालय, बाँके, मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति नेपालगज, नेपालगंज उपमहानगरपालिका नेपालगजं,राष्ट्रिय मानवअधिकार आयोग नेपालगजंलाई ध्यानाकर्षण पत्र पत्र मार्फत पठाइएको छ  ।

ध्यानाकर्ष पत्रमा उठाईएको मागहरुः

१. आँठौ राष्ट्रिय खेलकुदको लागि निर्माणधिन साइटमा सबै विवरणहरु खोलाई रङ्गिनफोटो, बजेट ,काम सम्पन्न अवधि समेत समावेश हुने सुचना बोर्ड Information board तत्काल राखियोस् ।

२. प्रतियोगिता सम्पन्न हुनुपुर्ब सम्पुर्ण भौतिक पुर्बाधारहरुको निमार्ण हुनुपर्ने ।

३. प्रतियोगिताका लागि सम्पुर्ण गुणस्तरयुक्त सरंचना बातावरण मैत्री, लैङ्गिकमैत्री, अपाङ्गमत्री सरंचना निमार्ण गर्नुपर्ने ।
४. नेपालगन्ज रंगशाला कर्वड हल परिसरमा अवस्थित हनुमानजीको मन्दिरको प्राण प्रतिष्ठा गरि पुजापाठको व्यवस्थापन गर्नुपर्ने ।
५. प्रतियोगितामा दर्शक, खेलाडी खेलप्रेमी लगायत अन्य अतिथि आम नागरिकहरुको व्यवस्थापन, उचित सुरक्षा पार्किङ्गको व्यवस्थापन गर्नुपर्ने ।
६. नेपालगन्ज रंगशालामा दिर्घकालिन खेलकुद कार्ययोजना बनाउनुपर्ने ।
७. दर्शक अतिथि तथा खेलाडीलाई पुग्ने प्रयाप्त शौचालयको निर्माण हुनु पर्ने ।
८. खेलाडी तथा दर्शकको आपतकालिन सुरक्षा ब्यवस्थाको प्लान बारे जानकारी हुनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्:


Loading...