वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

सुर्यपटुवामा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, पुस २६, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
सूर्यपटुवा गाउं विकास समितिको कार्यालयले बालबालिका लक्षित कार्यक्रम अन्र्तगत सूर्यपटुवा गाविस भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सूर्यपटुवा गाविसका सचिव एवम् गाउं शिक्षा समितिका अध्यक्ष नमराज पोख्रेलको सभापतित्वमा त्रिभुवन माद्यमिक विद्यालय सूर्यपटुवामा सोमबार सम्पन्न न्यानो कपडा वितरण समारोहमा मढेला स्रोतकेन्द्रका स्रोतव्यक्ति वालकृष्ण आचार्य, राजनितीक दलका प्रतिनिधीहरु,विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरु,प्रधानाध्यापक तथा शिक्षक,अभिभावक एवम् विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

विपन्न तथा गरिव वर्गका वालवालिकाहरु न्यानो कपडाको अभावमा जाडोको समयमा काँप्दै विद्यालय आउने गरेको अवस्थालाई अन्त्य गर्न सूर्यपटुवा गाविस भित्रका सवै सामुदायिक विद्यालयमा अध्ययनरत वाल कक्षा देखि २ कक्षा सम्म अध्ययन गर्ने ५ सय ६८ वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

बालबालिका लक्षित कार्यक्रम अन्तरगत सूर्यपटुवा गाविसको ५ लाख २० हजार रुपैयांको लागतमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएकोहो । विशेष गरि विपन्न तथा गरिव वर्गका वालवालिकाहरु न्यानो कपडाको अभावमा पुष माघको जाडोमा एकसरो कपडामा विद्यालय आउन वाध्य हुने भएकाले न्यानो कपडा वितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: