वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

सुकुम्वासी बस्तीमा आगलागी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, माघ २६, २०७४ ।    

राजापुर, बर्दिया ।
राजापुर नगरपालिका वडा नं.-४ सङघर्ष नगर छेदियाको बल्क नं ६ मा गए राति आगलागी भएको छ । सुकुम्वासी बस्तीमा रहेको छम्की थारुको घरमा आगलागि हुदा करिव १ लाख ८० हजार वरावरको क्षति भएको प्रहरीले बताएको छ ।


आगलागीमा परी घर भित्र रहेको अन्नपात लत्ता कपडा, गोठमा वाधिएका १० वटा वाख्रा जलेर सखाप भएका छन् । छम्की थारुका श्रीमान सिपारु थारुले आफु अन्धो भएकोले समयमै थाहा नपाउदाँ ठूलो क्षति भएको बताए । पिडित थारुले आफ्ना श्रीमान असक्त भएकाले ज्यान नै मुस्किलले जोगाएको अरु केही वचाउन नसकेको बताईन । पिडित थारुलाई आज कमैया महिला जागरण समाज नेपाल बर्दियाले तत्काल आवश्यक पर्ने ५ हजार बराबरको लत्ता कपडा भाडाकुडा सहितको राहत सामगी वितरण गरिएको छ । राहत कमैया महिला जागरण समाज नेपालकी कोषध्यक्ष संगिता थारु र रेडियो साथीका स्टेशन म्यानेजर मीन अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । राहत हस्तान्तरणमा स्थानिय वडघर, कमैया महिला जागरण समाजमा कार्यक्रम अधिकृत चन्द्र प्रकाश चौधरी, सामाजिक परिचालक सरस्वती चौधरी स्थानिय वासी लगायतको उपस्थिति रहेको थियो । पिडितको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले सहयोगी हातहरुले सहयोग गर्नु पर्ने वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: