वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सीमावर्ती बजारका कारण नेपाली बजार सुनसान

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, अशोज २, २०७४ ।    

गुलरिया, बर्दिया ।
खुला सिमा नाका र खुकुलो भन्सार लगायतका कारण भारतीय सीमावर्ती क्षेत्रका बजारहरुमा खचाखच नेपाली ग्राहकहरुको उपस्थिती बढी हुन थाले पछी चाडपर्वको समयमा पनी सिमावर्ती नेपाली बजारहरु सुनसान भएका छन । नेपाली ग्राहकहरुले दैनिक करोडौको किनमेल सिमावर्ती बजारबाट गर्नेक्रम बढेसँगै नेपालका बजार सुनसान बनेपछि सदरमुकाम गुलरिया सहित समग्र जिल्लाको व्यवसाय समेत धरासायी बन्दै गैरहेको छ ।
नेपाली बजारको तुलनामा भारतीय बजारमा मूल्य केही सस्तो हुने भएकाले नेपाली ग्राहकहरु भरतिय बजार तर्फ आकर्षिक भएको ग्राहकहरु बताउँछन । खुला सिमानाका र चेकजाँच फितलो भएका कारण भारतीय बजारमा किनमेल गर्न पनी सहज रहेको ब्यवसायीहरु बताउँछन । बर्दियाको सदरमुकाम गुलरिया लगायत बाँसगढी, मैनापोखर, मधुवन, राजापुर, भुरिगाउँ लगायतका बजारहरु सीमावर्ती भारतीय बजारका कारण ओझेलमा परेका छन ।
भारतको बलैगाउँ बजारका कारण मैनापोखर, सितला, बाँसगढी, गुलरिया लगायतका बजारहरु प्रभावित वनेका हुन । भारतिय बठनिया बजारका कारण नेपालको मधुवन बजार, तिकुनिया बजारका कारण राजापुर बजार प्रभावित बनेको र मिहिपुरवा, लौकाही, कतर्निया, बठनिया बजार लगायतका बजारले नेपाली बजार धरासायी वन्दै गएको नेपालमा ब्यापार ब्यवसाय संचालन गर्दै आएका ब्यवसायीहरुले गुनासो गर्न थालेका छन ।
भारतीय बजार भन्दा गुणस्तरिय सामाग्री नेपाली बजार मै पाइने भए पनी ग्राहकहरु गुणस्तरियता तर्फ ध्यानै नदिई सस्तो सामानको प्रलोभनमा भारतिय बजार जाने गरेको ब्यवसायीहरु बताउँछन ।आफुहरुले सरकारलाई भन्सार र राजस्व तिरेर व्यवसाय संचालन गरेपनि राज्यले उचित प्रवन्ध मिलाउन नसक्दा नेपाली बजार र व्यवसायी धरासायी वन्दै ब्यवसायीहरुको गुनासो रहेको छ ।
शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान संगै सीमावर्ती क्षेत्रको गस्तीमा समेत आफुहरु सक्रिय रहेको बताउँदै प्रहरी उपरिक्षक जनक भट्टराईले भन्सार छली गरी ल्याईएको सामानको चोरी निकासी रोक्न प्रहरीले सक्दो प्रयास जारी राखेको बताए । प्रहरीले चोरी निकासी सामान पक्राउ गर्दै भन्सार कार्यालयलाई बुझाउने गरेका गरेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: