वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

सिलाईकटाई व्यवसायलाई जिविकोपार्जनको पेशाका रुपमा अंगाल्न आग्रह

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, पुस ६, २०७६ ।    
Loading...

राजापुर- राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले सिलाईकटाइ व्यवसाय मर्यादित पेशा भएकाले यसलाई जिवीकोपार्जनको पेशाका रुपमा अंगाल्न व्यवशायीहरुलाई सुझाएका छन । नेपाल कपडा तथा सिलाई व्यवशायी संघ बर्दिया राजापुर नगरकार्य समितीले राजापुरमा आयोजना गरेको सदस्यता बितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
प्रमुख अतिथी समेत रहेका नगरप्रमुख चौधरीले मानिशहरुको व्यक्तित्व झल्कने गहनाका रुपमा रहेकोे पोशाकलाई आफ्नो शिपको अधिकतम प्रयोग गरि निर्माण गर्ने भएकाले यो पेशा सम्मानीत पेशाभएको धारणा राखेका थिए । उनले भने “तपाईहरु आधुनिक प्रबिधीको प्रयोगगर्दै व्यवशायी भएर लाग्नुहोस स्थानिय सरकार सहयोेग गर्ने ठाँउ भएमा सहयोग गर्ने छ ।’
कार्यक्रमका बिषेश अतिथी तथा राजापुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त राज अधिकारीले शिलाई व्यवशायीहरुले राष्टिय पोशाक दौरा सलवार कोट लाई सिलाउन सक्ने बन्नुपर्ने धारणा राखे । स्थानीय सरकार ऐनले स्थानीय निकायमा भएका व्यवशायीहरुले सुचिकृत हुन भनेको भन्दै प्रशासकिय अधिकृत अधिकारीले स्थानिय निकायमा सुचिकृत हुन व्यवशायीहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै राजापुर नगरपालीका वडा नं ९का अध्यक्ष बिष्णु थारुले आफ्नोे वडावाट गरिने सहयोग गर्न आफु तयार रहेको बताए ।
कार्यक्रममा नगरपालीका भित्र सिलाई कटाई व्यवशाय गर्दै आएका २ सय जना व्यवशायीहरुलाई सदस्यता प्रमाणपत्र बितरण गरिएको छ । नगर प्रमुख शिव प्रसाद चौधरी र प्रमुख प्रशासकिय अधिकृत बसन्त राज अधिकारीले प्रमाणपत्र बितरण गरेका थिए । राजापुर नगरकार्य समितीका अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यवशायी संंचारकर्मी कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: