वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

सामुदायिक वनको जग्गा खरिद बिक्री गर्ने भन्दै अवैध रुपमा रकम असुली

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, बैशाख ३०, २०७४ ।    

गुलरिया, बर्दिया ।
जिल्ला वन कार्यालयले हस्तान्तरण गरेको गुलरिया नगरपालिका–२, गुजराना स्थित कुसुम्बादेवी सामुदायिक वनको जग्गा केही जग्गा कारोबारीहरुले आफु खुसी खरिद बिक्री गर्ने भन्दै स्थानीयबाट अवैध रुपमा रकम असुली गरिरहेका छन ।
जग्गा कारोबारीहरुले सामुदायिक वनमा बस्न आउने व्यक्तिबाट कट्ठाको एक लाख देखि दुई लाख रुपैयाँ सम्म रकम लिएर वन क्षेत्रमा बस्न अनुमति दिने गरेका छन । रकम नदिनेलाई सो क्षेत्रमा बस्न नदिने र जबर्जस्ती बसेमा रातिको समयमा टहरामा आएर धम्की दिँदै रकम असुली गर्ने गरेको स्थानीयले बताएका छन ।
अतिक्रमण बढदै गएपछि वन क्षेत्रका रूखहरू मासिने क्रम बढिरहेको छ । सामुदायिक वनको ७५ हेक्टर जग्गा अतिक्रमण भएको स्थानीयले जनाएका छन । बर्दियाका विधिन्न ठाउँ संगै कालिकोट, जुम्ला, दैलेख, सुर्खेत लगायतका ठाउँबाट आएर सुकुम्बासी र भूमिहीनका नाममा करिब ८ सय घरटहरा निर्माण गरिएका छन ।
उता जिल्ला वन अधिकृत बलिराम पण्डितले बर्दिया अनलाईन संगको कुराकानीमा सामुदायिक वनभित्र सरकारी जग्गा खरिद बिक्री गर्ने माथि कडा निगरानी राखेको बताउनु भएको छ  । वनका केही पदाधिकारीको उजुरीका आधारमा तीन जना माथि कारबाही चलिरहेको समेत वन अधिकृत पण्डितले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: