वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा दुखी, एक हप्ता भित्र बैँकमा जम्मा हुने नगरपालिकाको भनाई

        भावुक योगी   |   प्रकाशित मिति: बिहिबार, बैशाख १४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।

सामाजिक सुरक्षा भत्ता वापतको रकम ३ महिना बित्दा सम्म पनि नपाएका कारण वृद्धवृद्धाले गुनासो गर्न थालेका छन । बर्दियाको ठाकुरबाबा नगरपालिकाका वडा नम्बर १ देखि ५ नम्बर वडाका  अझै पाउन सकेका छैनन ।  सरकारले स्थानीय तहको पुनःसंरचना गरेको महिना बितिसक्दा पनि जिल्ला समन्वय समितिले नगरपालिका कार्यालयको खातामा रकम उपलब्ध नगराएका कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन ।

सामाजिक सुरक्षा कार्यविधि २०७३ अनुसार गत फाल्गुण मसान्त भित्र बाँड्नु पर्ने रकम तत्कालीन जिल्ला विकास समितिले समयमै खातामा रकम उपलब्ध नगराएका कारण र खाता बन्द भएका कारणले समयमा भत्ता वितरण गर्न ढिला भएको ठाकुरबाबा नगरपालिकाका निमीत्त कार्यकारी अधिकृत सुरेश सुनारले बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम पठाइसकेको पनि सरकारले स्थानीय तहको पुनःसंरचना गरेपछि साविकको बबई नगरपालिकाकाको खाता बन्द भएकाले समस्या आएको बर्दिया अनलाईन संगको कुराकानीमा बताउनुभयो ।  सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबैको बैँकमा खातामा जम्मा भएको सुचना एक हप्ता भित्रमा दिईने नगरपालिकाका निमीत्त कार्यकारी अधिकृत सुरेश सुनारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: