वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

सामाजिक संजालको गलत प्रयोगले सामाजिक रुपमा जनजिवन प्रभावित बन्दैछ : सहभागी

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, बैशाख २८, २०७६ ।    

भिमा कंडेल/भुरिगाउँ (बर्दिया) ।
‘डिजिटल नेपाल : विकास र सम्बृधिको आधार’ भन्ने नाराका साथ राष्ट्रिय सुचना प्रविधि दिवसका अवसरमा सुचना संचार तथा प्रविधि तथा सम्भावना चुनौती र सामाजिक प्रभाब विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

कम्प्युटर एसोशिएसन नेपाल महासंघ, शाखा बर्दिया, माइक्रोटिच कम्प्युटर एजुकेशन, लायन्स क्लब अफ बर्दिया भुरीगाउँ, विकास प्रेमी युवा समुह – बर्दिया, ग्रेस इन्टरनेशनल नेपालगन्ज र इलाका प्रहरी कार्यालय, बगनाहा (भुरीगाउँ) को संयुक्त आयोजनामा ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा सुचना, संचार तथा प्रविधीको सम्भावना, चुनौती र सामाजिक प्रभावका बारेमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समयमा बढ्दै गएको सामाजिक सन्जालको प्रयोग, यसको फाइदा र बेफाइदाका बारेमा कार्यक्रममा छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक संजालको गलत प्रयोगका कारण सामाजिक रुपमा जनजिवन प्रभावित बन्न थालेको बताएका छन् । कार्यक्रममा विशेष गरि एसईई दिएर बसेका विद्यार्थी संगै कक्षा ११ र १२ का विद्यार्थीहरुको मुख्य सहभागीता रहेको लायन्स क्लव अफ बर्दिया भुरिगाउँका अध्यक्ष गोपाल निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...