वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सामाजिक कार्यमा जोडिदै बर्दियाका युवाहरु

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, माघ २, २०७४ ।    

ठाकुरद्वारा, बर्दिया ।
बर्दियाका युवाहरु अहिले आपसमा समुह बनाएर सामाजिक अभियानमा जुट्न थालेका छन । बिकासप्रेमी युवा समुह पछील्लो समय बर्दियामा समाज परिवर्तनका लागि सकारात्मक पहलकारी कार्यक्रम सहित अघी बढी रहेको छ ।


यसैक्रममा बर्दियाली युवा अभियन्ताहरुकाे उक्त समुह “बिकासप्रेमी युवा समुह-बर्दिया” ले माघी पर्वमा बर्दियाकाे ठाकुरद्वारमा अवस्थित ठाकुरबाबा मन्दिर दर्शन गर्न अाउने दर्शनार्थीहरुकाे जुत्ता चप्पल ब्यवस्थापन काे कार्य सम्पन्न गरेकाे जनाएको छ । मन्दिर दर्शनमा अाउने झन्डै २ हजार दर्शनार्थीहरुले बिकासप्रेमी युवा समुहकाे ‘निशुल्क जुत्ता चप्पल ब्यवस्थापन’ कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका थिए ।


मन्दिर दर्शनका लागि अाउने दर्शनार्थीहरुकाे जुत्ता चप्पल हराउने समस्यालाई मध्यनजर गर्दै युवा समुहले थालेकाे उक्त ‘निशुल्क जुत्ता चप्पल ब्यवस्थापन’ कार्यक्रमबाट लाभान्वित बनेका दर्शनार्थीहरुले बिकासप्रेमीकाे युवा समुहकाे यस कार्यलाई खुलेर प्रशंसा समेत गरेका थिए ।
देश र समाज रुपान्तरण गर्नका लागि ‘बिकासप्रेमि युवा समुह बर्दिया’ अागामी दिनमा पनि यस्तै किसिमका सचेतनात्मक तथा सामाजिक कार्यक्रमहरुलाई अगाडि बढाउदै लैजाने समुहका संयाेजक गाेपाल निराैलाले बताए ।


बिकासप्रेमी युवा समुहले अाज मन्दिरकाे मुल गेटदेखि मन्दिर प्राङगणसम्म सरसफाई समेत गरेकाे छ । संकलित फाेहाेर मैला लाई जलाएर नष्ट समेत गरिएकाे युवा समुहका तपेन्द्र जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: