वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

सानोश्री नो-लाइटमा ‘११ बजेसम्म कुर्नु पर्छ कर्मचारीलाई’ !

        प्रेम बुढा   |   प्रकाशित मिति: बुधबार, कार्तिक १५, २०७४ ।    

मधुवन, बर्दिया।
नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र अन्तर्गत मधुवन नगरपालिकामा रहेको सानोश्री नो लाइट शाखाका कर्मचारीहरु समयमा कार्यालयमा नआउदा स्थानिय सेवाग्राहीहरु मर्कामा परेका छन । विद्युत महशुल बुझाउन टाढाबाट आएका स्थानियहरु ११/१२ बजेसम्म कर्मचारीहरु अनुपस्थित हुँदा हैरानी बेहोरी रहेका हुन ।
‘बिहान साढे ८ बजे आएर लाईन बसेको थिएँ ’ स्थानिय जुनु कुमालले भन्नुभयो ‘११ बज्न लाग्दा कर्मचारी आएर ढोका खोले । ढिलो आउनको कारण सोध्दा उल्टै झर्किए ।’


जिल्लाका ओरालीबजार,ढोढरी,ताराताल,ज्योतिपुर तथा सानोश्रीबाट सेवाग्राही विद्युत महशुल बुझाउन यस शाखा कार्यालयमा आउने गरेका छन । महशुल बुझाउन आएका स्थानियहरु पालो नपाईने भन्दै विहानैदेखी लाइन बस्ने गरेपनि विल महशुल लिने कर्मचारी नै कार्यालयमा ढिलो गरि आउदा पटक पटक फर्कनु पर्ने बाध्यता छ ।
नागरिकको व्यापक गुनासो पछि बर्दिया अनलाईनको टोली अनुगमनका लागि सानोश्री शाखामा पुग्दा ईन्चार्ज अरुण कुमार यादव र भुक्तानी लिने शाखाका कर्मचारी मिटर रिडिङ सुपरभाइजर चन्द्रमान गिरी थिएनन । झण्डै साढे ११ बजे कार्यालय आएका यादवले आफु फिल्ड गएको र गिरी मिटिङका लागि सदरमुकाम गएको बताए । तर विद्युत प्राधिकरणका प्रमुख अवधेश कुमार गुप्ताले भन्नु भयो ‘आज कुनै मिटिङ छैन । महिना एक पटक कारोबार भएको फाईल बुझाउन गिरी सदरमुकाम आउनु भएको छ ।’

बैठक, फिल्ड भ्रमण तथा सर्बरको समस्याको बहाना बनाउदै घण्टौसम्म लाईन बसेका सेवाग्राहीलाई शाखाले फर्काइदिने गरेको गुनासो सेवाग्राहीले गर्ने गरेका छन । ।

प्राधिकरणको सानोश्री शाखाबाट दैनिक करिब ६५ हजार देखी १ लाखसम्मको महशुल उठ्ने गर्दछ । यस अघि स्थानियहरुलाई विद्युत महशुल बुझाउन १२ किलोमिटर पुर्व सदरमुकाम गुलरीया पुग्नु पर्ने बाध्यता हटेपनि कर्मचारी तथा विद्युत प्राधिकरण जिम्मेवार नहुँदा समस्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्: