वि.सं.   शुक्रबार, मंसिर २७, २०७६   तदनुसार  13 December 2019

साना किसानको पश्चिम स्तरीय क्षेत्रीय सम्मेलन शुरु

        सोम गुरुङ   |   प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ ।    
Loading...

नेपालगन्ज- कमैया महिला जागरण समाज नेपाल, बर्दिया र एक्सन एड नेपालको संयुक्त आयोजनामा नेपालगन्जमा २ दिने साना किसानको पश्चिम स्तरीय क्षेत्रीय सम्मेलन शुरु भएको छ ।
सम्मेलनको प्रमुख अतिथि प्रदेश नं.५ का आन्तरिक मामला तथा कानुन मन्त्री कुल प्रसाद के.सीले सो सम्मेलनको उद्घाटन गर्दै विदेशबाट आयात हुुने सामानहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए साथै स्थानीय उत्पादनलाई बढावा दिनु पर्ने र स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न सके मात्र राष्ट्र समृद्ध हुुने बताए ।
त्यसैगरि प्रदेश नं.५ का प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले प्रदेश सरकारले कृषिलाई प्राथिमकतामा राखेर योजना बनाएको जानकारी दिईन् । सो सम्मेलनको स्वागत मन्तब्य एक्सन एड नेपालका स्रोत केन्द्र संयोजक विष्णु शर्माले गरेका थिए भने कार्यक्रमको औचित्य माथि एक्सन एड नेपालका नीति तथा कार्यक्रम प्रबन्धक सरोज पोखरेलले प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीहरुलाई एक्सन एड नेपालका एकराज चौधरीले शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रम सन्चालन मान बहादुर डाँगी र सुनिता तिवारीले सहजीकरण गरेका थिए भने कार्यक्रम कमैया महिला जागरण समाज नेपाल, बर्दियाका अध्यक्ष विरुनी थारुको अध्यक्षतामा कार्यक्रम सन्चालन भईरहेको छ । सो सम्मेलनमा प्रदेश नं.५ र प्रदेश नं.७ का १२ जिल्लाका साना किसानहरुको सहभागिता रहेको छ । सो सम्मेलनमा किसानको सवालको बारे २ वटा कार्यपत्र प्रस्तुत गरिने आयोजक संंस्था कमैया महिला जागरण समाज नेपाल, बर्दियाका तारा बहादुर सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: