वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता आज नेपालगन्जमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २६, २०७५ ।    

नेपालगञ्ज (बाँके) ।
प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता आज मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र २ जना महिला खेलाडीहरु छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो ।

प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषहरुबाट चार जना र दुई जना महिला खेलाडी पुनः छनोट हुने बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले जानकारी दिए । छनोट प्रतियोगिता विहान धम्बोझी चोकबाट सुरु भई कोहलपुर चौराहबाट पुनः धम्बोझी चोकमा पुगेर समापन हुने उनले बताए ।

संघका उपाध्यक्ष पदम बुढाथोकीका अनुसार, प्रदेश नं. ५ मा बाँकेमा मात्र साइक्लिङ संघ भएकोले प्रतियोगितामा बाँकेका खेलाडी मात्र सहभागी हुने भएका छन् । ‘अन्य जिल्लामा साइक्लिङ संघ नभएकोेले अन्य जिल्लाका खेलाडीले पनि बाँकेबाट प्रतिनिधित्व गर्ने छन्,’ उनले भने ।

साइक्लिङ प्रतियोगिता गाभर चिसापानीमा हुने

आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत साइक्लिङ प्रतियोगिता बाँकेका गाभर चिसापानीमा हुने भएको छ । प्रतियोगिताका लागि भेनु निर्माण तीव्र गतिमा भइरहेको संघका अध्यक्ष विसीले बताए । उनले दुई दिनमा भेनु तयार भइसक्ने बताउँदै प्रतियोगिताका लागि अन्य तयारी पनि तीव्रगतिमा भइरहेको बताए । उनले खेलाडीले ३२ किलोमिटर दुरीमा साइकल चलाउनु पर्ने छ ।

प्रतियोगितामा सहभागी खेलाडीले उकालो र आरोलामा साइकल चलाउनु पर्ने हुन्छ । ‘बाँकेको अन्य ठाउँ खेल स्थल पाइएन, त्यसैले गाभर चिसापानीलाई रोज्यौँ,’ उनले भने । गाभरमा हुने साइक्लिङ प्रतियोगितालाई पर्यटन प्रबद्र्धनका रुपमा समेत लिइएको छ । प्रतियोगिता बैशाख १ गते देखी ४ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...