वि.सं.   आइतवार, बैशाख ८, २०७६   तदनुसार  21 April 2019

सहकारीले प्रचार भन्दा बढि सेवा प्रदान गर्नु पर्छ : ठाकुरबाबा नगरप्रमुख श्रेष्ठ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

सौगात श्रेष्ठ/भुरिगाउँ (बर्दिया) ।
दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी भन्ने मुल नाराका साथ ६२ औं राष्ट्रिय सहकारी दिवस बर्दियामा पनी विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ । बर्दियाको भुरिगाउँ, गुलरिया, बाँसगढी, राजापुर, मधुवन, बारबर्दिया, बढैयाताल लगायतका स्थानहरुमा कार्यक्रमको आयोजना गरि मनाईएको हो ।

कार्यक्रममा सहभागी भएका सहकारीकर्मी, सहकारीका सदस्य, संचालक लगायतका ब्यक्तिहरुो सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका र सहकारी संजालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले सहकारीहरु पछिल्लो समय प्रचार प्रसारमा ब्यस्त देखिएकाले प्रचारप्रसार भन्दा बढि सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नमा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै आर्थिक सहभागीतामा बृद्धि गर्न सहकारी शिक्षामा बिशेष जोड दिईने समेत नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

सहकारीका माद्यामबाट ठाकुरबाबा नगरपािलकाका स्थानियहरुको गरिबीकोदरलाई अन्त्य गर्न सहकारी संस्थाहरुलाई थप शसक्त र जिम्मेवार बनाउनुपर्ने तथा आर्थिक समृद्धि हासील गर्न सदस्यहरुमा चेतना, सिप र प्रविधीको विकास गर्न आवश्यक देखिएको सहकारीकर्मीहरुले बताएका छन् ।

हाल ठाकुरबाबा नगरपालिकामा २८ वटा सहकारीहरु सक्रिय रहेका छन् भने सहकारी एकिरणको कार्य समेत जारी रहेको छ । पछिल्लो समय मुलुकमा अस्वाभाविक रुपमा बढिरहेका सहकारीहरुको व्यवस्थापन चुनौती पुर्ण बनिरहेका बेला एकिकरणको सुरुवात भएकोमा सहकारीकर्मीहरुले खुसी व्यक्त गरेका छन् । लक्ष्य, भावना र उद्देश्यहरु एकै भएका सहकारीहरु पछिल्लो समय समायोजनको अभ्यासमा लागीरहेका छन् । यसले सहकारीको गुणस्तर र दिगो विकासमा थप टेवा प्रदान गर्ने विश्वास गरिएको छ ।

यसैबिच जिल्ला सहकारी सघं बर्दियाले गुलरियामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का भुमि ब्यवस्था तथा कृषी सहकारी मन्त्री आरती पौडेलले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकार र सहकारीले हातेमालो गरेर अघि बढ्नु पर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...