वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

सवारी दुर्घटना न्युनिकरणकाको अभियान तिब्र

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ।    
Loading...

भुरीगाउँ (बर्दिया) : ईलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले सवारी दुर्घटना न्युनिकरणका लागि सवारी साधनमा रफ्लेटिक स्टिकर टास्ने अभियानलाई तिब्र पारेको छ ।

विषेश गरी रातीमा चल्ने सवारी साधनमा अँध्यारो चम्कने स्टिकर टाँस्ने अभियान थालिएको ईलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँले जनाएको छ । रातिमा हिँड्ने साईकल, अटो रिक्सा, र हुस्सु लागेको वेलामा सवारी साधनलाई प्रष्ट देखिने भएकोले दुर्घटना न्युन हुने अपेक्षा गरिएको जनाईएको छ ।

यस अघि पौष १२ गते ठाकुरबाबा नगरपालिकाको सहकार्यमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको थियो । ईलाका प्रहरी कार्यालयले समय समयमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना समेत गर्दै आएको छ । यसै विच प्रहरीले मोटरसाईकल चलाउँदा सवारी चालक अनुमती पत्र (लाईसन्स) अनिवार्य हुनुपर्ने, हेलमेट अनिवार्य लगाउनु पर्ने जनाएको छ । मोटरसाईकलमा दुई जना भन्दा बढीले यात्रा नगर्न समेत आग्रह गरिएको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले बताउनु भयो ।

सवारी साधनमा कडाईका साथ चेकजाच भईरहेकाले नियम विपरीत सवारी नचलाउन समेत प्रहरीले आग्रह गरेको छ । यस्तै अटोहरुमा समेत सिट क्षमता भन्दा बढि यात्रु राखेमा कारबाहि गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: