वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

सरकारले तोक्यो अस्थायी प्रादेशिक राजधानी र प्रदेश प्रमुख

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ ।    

मन्त्री परिषद्को बैठकले ७ वटै प्रदेशको अस्थायी प्रादेशिक राजधानी सहित प्रदेश सभा सरकार प्रमुख पनि तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अस्थायी मुकाम तोकेको हो ।

यी हुन् प्रदेश राजाधानीहरु:
प्रदेश १ को विराटनगर
प्रदेश २ को जनकपुर
प्रदेश ३ को हेटौंडा
प्रदेश ४ को पोखरा
प्रदेश ५ को रुपन्देही
प्रदेश ६ को सुर्खेत
प्रदेश ७ को कैलाली

त्यसैगरी सरकारले आजै प्रदेश प्रमुखको पनि टुंगो लगाएको छ ।

प्रदेश प्रमुखहरुमा :
प्रदेश १ का लागि गोविन्द सुब्बा
प्रदेश २ का लागि रत्नेश्वर लाल कायस्थ
प्रदेश ३ का लागि अनुराधा कोइराला
प्रदेश ४ का लागि बाबुराम कुँवर
प्रदेश ५ का लागि उमाकान्त झा
प्रदेश ६ का लागि दुर्गाकेशर खनाल
प्रदेश ७ का लागि मोहनराज मल्ल

प्रतिक्रिया दिनुहोस्: