वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, पुस ४, २०७३ ।    

बर्दिया नागरिक समाज सञ्जालले सरकारले नागरिकलाई दिने गरेको सेवा सुविधाको बारेमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन पहल गर्ने भएको छ ।
विशेष गरी स्वास्थ्य, शिक्षा, खाद्य, जेष्ठ नागरिक, युवा र महिला साथै वन वातावरणको क्षेत्रमा मानव अधिकारको अवस्था बारेमा छलफल भएको छ ।
इन्सेक बर्दियाका जिल्ला सहजकर्ता तथा प्रतिनिधी मानबहादुर चौधरीले इएलपि कार्यक्रमको बारेमा जानकारी गराउनुभयो । मानवअधिकार निगरानी समुहको रुपमा बर्दिया नागरिक सामाज सञ्जालले विगत देखि नै कम गर्दै आएकोले यसैलाई नै सशक्त बनाई इन्सेकको इएलपि संग समन्वय र सहकार्य गर्दै जाने निर्णय समेत गरेको छ ।
यसैगरी सार्वजनिक यातायातको क्षेत्रमा बर्दिया जिल्लामा हाल देखिएको जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाको लागि सिट आरक्षण तथा छुट हुन पर्नेमा, नपाएको हुँदा सरकारले गरेको नीतिगत व्यवस्था अनुसार कार्यान्वयनका लागि दवाव दिन पहल गर्ने जनाएको छ ।
यस्तै वन वातावरण स्वास्थ्य र आर्थिक क्षेत्रसंग प्रत्यक्ष जोडिएको जैविक उर्जा अन्र्तगतको सुधारिएको चुलो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन सबैले पहल गर्ने, युवा निति ०७२मा व्यवस्था भए अनुसार स्थानीय तह तथा सम्बन्धीत निकायमा युवाको प्रतिनिधीत्व सुनिश्चितका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: