वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

सदस्यहरुलाई ऋण लगानी गर्नु पहिले ब्यवसायिक योजना बताउनुस् : नगरप्रमुख श्रेष्ठ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, पुस ७, २०७६ ।    
Loading...

भुरिगाउँ (बर्दिया) : ठाकुरबाबा नगरस्तरीय सहकारी संजालको आयोजनामा सदस्यहरुको व्यावसायिक योजना निर्माण तालिम सम्पन्न भएको छ । सहकारी सदस्यहरुको संचालन गर्न चाहेको व्यवसायको व्यवसायिक योजना बनाउन सहयोग पुर्याउने उद्देश्यले ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

प्रशिक्षक गणेश भट्राईले सहभागी सहकारीका प्रतिनिधीहरुलाई ब्यवसायिक योजना बनाउने तरिका र सिद्धान्तका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठले तालिम लिएर कोहि कहिल्यै पूर्ण नहुने बताए । यस्तै कृषि ब्यवसायका माध्ययमबाट नै सदस्यहरुको जिवनस्तर उकास्न सकिने बताउँदै अब सहकारीहरुले आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्नु पहिले सदस्यले गर्न चाहेको ब्यवसायको ब्यवसायिक योजना बनाएर ऋण लगानी गर्न सकेमा लगानी नडुब्ने बताए ।

नगरपालिकाले अब नगरपालिका भित्रका सहकारीहरुको अनुगमन गर्ने बताउँदै सहकारीका सदस्यहरुको जिवनस्तर उकास्न सहकारीले कार्यक्रम संचालन गर्न आग्रह समेत गरेका छन् ।  कार्यक्रममा ठाकुरबाबा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको २० वटा सहकारीहरुको सहभागिता रहेको थियो । पौष ०५ गते देखी संचालन भएको कार्यक्रम ०६ गते सकिएको हो । सहकारी संजालकी सदस्य मेनका पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन मदन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: