वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

सदरमुकाम जोड्ने हुलाकी सडक धुलाम्मे हुँदा स्थानियलाई सास्ती

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २१, २०७५ ।    

बर्दिया ।
सदरमुकाम गुलरिया देखि भुरिगाउँ र कोठियाघाट हुँदै राजापुर जोड्ने हुलाकी सडक कालोपत्रे गर्ने काम आगामी आषाढ मसान्त भित्र सक्न जिल्ला प्रशसान कार्यालय बर्दियाले ताकेता गरेको छ । आगामी आषाढ मसान्त भित्र हुलाकी सडक कालोपत्रे गरिसक्न बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले ठेकेदारलाई निर्देशन दिएका हुन् ।

शर्मा राजेन्द्र जेभि कम्पनी अन्र्तगत पिके कन्टक्सनका इन्जीनियर प्रकाश विश्वकर्माले कुनै समस्या आई नपरेमा दिनरात खटेर भएपनि असार मसान्त भित्रै कालोपत्रे गरिसक्ने बताए । अहिलेसम्म भुरिगाउँ देखि बेलुबा चोकसम्म १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ भने गुलरिया देखी मधुबन नगरपालिकाको वडा नम्बर ८ र बेलुवा राजापुर सम्म भने ५० प्रतिशत काम सम्पन्न भ ैसकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

सडक धुलाम्मे हुँदा सदरमुकाम आवत जावत गर्न सास्ती भएको भन्दै ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ र बगनाहाका स्थानियवासीहरुले हुलाकी सडकमा पानी छर्कन र स्पिड ब्रेकर हाल्न पनि माग गरेका छन् । हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा राजेन्द्र जेभि कम्पनीले पिके कन्टक्सनलाई सडक निर्माणको जिम्मा दिएको छ । धुलाम्मे सडकमा ग्राभेल हालेर सदरमुकाम ओहोरदोहोरका लागि असहज बनाएको भन्दै बुधवार बगनाहाका स्थानिय व्यापारीहरुले सडक अबरुद्ध समेत गरेका थिए ।

सदरमुका गुलरीया सम्म र बेलुवा चोक देखि कोठियाघाट हुँदै राजापुर सम्मको हुलाकी सडकमा सडक धुलाम्मे हुँदा ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ, ठाकुरद्धारा, शिवपुर, नेउलापुर, बगनाहा, मधुवन नगरपालिकाको सानोश्री, सुर्यपटुवा, ढोढरी यसैगरी राजापुर नगरपालिका र गेरुवा गाउँपालिका लगायतका स्थानियलाई सदरमुकाम गुलरीया आउजाउ गर्न निकै समस्या परेको छ ।

यो पनी पढ्नुहोस् :

बन्ने भयो बर्दियाको सदरमुकाम जोडने हुलाकी सडक

कालोपत्रे गरिदैँ हुलाकी सडक

बाटो धुलोमय हुँदा बगनाहा बजारका ब्यापारीहरु मर्कामा

हुलाकी सडक निर्माण आषाढ मसान्त भित्रै कालोपत्रे गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

प्रतिक्रिया दिनुहोस्:


Loading...