वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

सदरमुकाम गुलरियामा शंकास्पद वस्तु बम भनेर हल्ला चलेपछी…

        भावुक योगी   |   प्रकाशित मिति: बिहिबार, बैशाख २८, २०७४ ।    

गुलरिया,बर्दिया।
बर्दियाको सदरमुकाम गुलरिया ६ जिल्ला अस्पताल नजिक भेटिएको शंकास्पद वस्तु बम भनेर हल्ला गर्दा जनजीवन प्रभावित बनेको छ ।
बुधबार बेलुका ७ बजेतिर गुलरिया नेपालगञ्ज सडकखण्ड अन्र्तगत जिल्ला प्रहरी कार्यालय बर्दिया देखि झण्डै सय मिटर पूर्व अस्पताल गेटको अगाडी शंकास्पद तार झुण्डिएको रातो वट्टा देखिएपछि साढे ३ घण्टा जनजीवन प्रभावित बनेको हो ।
जिल्ला अस्पताल अगाडी रहेको शंकास्पद वस्तु भेटिएपछि नेपाल प्रहरीले राती साढे १० वजे सम्म घेरा हालेर सुरक्षा दिएको थियो । नेपाली सेनाको वम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गर्दा नेपाल प्रहरीका एक जवानले वट्टा उठाएर हल्लाएपछि वट्टा भित्र ५,७ वटा साना ढुँगा र कालो रेसमी तार पाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
केटाकेटीले वट्टामा ढुँगा हालेर खेलाएपछि फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । समयमै शंकास्पद वस्तु पहिचान गर्न नसक्दा स्थानिय त्रसित भएका थिए । अस्पताल अगाडी भेटिएकाले वालवालिका, महिला लगायत विरामीलाई कठिनाई परेको थियो भने बम नभएपनि बम भनेर हल्ला मच्चाउँदा जनजीवन त्रसित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्: