वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

सत्तीपुलले सताउन थाल्यो राजापुरबासीलाई

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५ ।    

कर्णाली नदीले कटान तीव्र पारेको सुचना स्थानिय सरकार, जिल्ला प्रशासन सरोकारवाला पक्षलाई दिए तापनि कसैले कुनै चासो नदेखाएको राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मीले बताए । 

मिन अधिकारी/राजापुर, बर्दिया।
बर्दियाको राजापुर र कैलालीको सत्ती टिकापुर बजार जोड्ने सत्ती कर्णाली पुल निर्माण भएको वर्ष देखीनै भँगालो परि राजापुर तिरका पिल्लर भात्किन थालेको छ । नदीमा पानीको वहाव बढेसँगै जोखिममा परेको कर्णाली पुल वरपर दायाँवायाँ प्रभावकारी तटवन्ध नहुदा पुल नै जोखिममा परेको हो । निर्माण सम्पन्न भएकै सालमा वर्षातदेखि बर्दिया तर्फको तटवन्ध भासिएर पानी जाली पानीले खोल्ने र भत्काउने गरेकाले पुलमा भङगालो परेपछि अहिले पुलवाट बस आवजावमा समस्या हुन थालेको हो। पुलको किनारा बाटो नदी कटानमा परेको छ । प्रत्येक वर्ष साउन भाद्रमा जाली खस्केको ठाउमा जाली भरे तापनि प्रभावकारी काम हुन भने सकेको छैन।


राजापुरदेखि पश्चिम जाने हुलाकी सडकमा पर्ने कर्णाली पुल रासुस कन्टक्र्सन पा लि ले निर्माण सम्पन्न गरेको ३ वर्ष नहुदै जोखिममा परे पछि स्थानिय बर्दियाको राजापुर र कैलालीको सत्तिवासी चिन्तित भएका छन् । भौरा क्षेत्रबाट बग्ने भेरी कोठियाघाट र कर्णाली तथा बुढीकुलाका वीच भागमा लगाईएका नर्सरी, टापु सवै खनेर नदीको भाग खोल्नु पर्ने संयुक्त बुढीकुला जल उपभोक्ता समितिका अध्यक्ष तथा चौधरी सोम प्रसाद थारुले बताए । समग्र भौरा क्षेत्र जोड्ने भौतिक संरचना कमजोर भएमा कुनैपनि वेला नदीको धार परिवर्तन भएर सम्पर्क टुट्ने खतरा रहेको संयुक्त बुढीकुला जल उपभोक्ता समितिका अध्यक्ष तथा चौधरी थारुको भनाई छ ।
कर्णाली नदी भित्र बिच बिचमा टापु भरिएको र पानीको ठुलो भंगालो बर्दिया तर्फ वग्ने गरेकाले बर्दिया पट्टी कटान वढी भईरहेको गेरुवा गाउँपालिका वडा नं.२ का वडाध्यक्ष तथा पूर्व कुलापानी चौधरी आलोक चौधरीेले बताए । सामुदायिक नर्सरी र टापु फ्याक्न भौरा क्षेत्रकै जनप्रतिनिधिको पहल भएमा समस्या नभएको उनको भनाई छ ।


कर्णाली नदीले कटान तीव्र पारेको सुचना स्थानिय सरकार, जिल्ला प्रशासन सरोकारवाला पक्षलाई दिए तापनि कसैले कुनै चासो नदेखाएको राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मीले बताए । कर्णाली पुल निर्माण भएको ५ वर्ष सम्म संरक्षणको जिम्मा निर्माण कन्ट्रक्सनको भए तापनि कन्ट्रक्सनले कुनै चासो नदिएको वडाध्यक्ष रेग्मीको भनाई छ । स्थानिय सरकारले निर्माण कन्ट्रक्सनसँग सहकार्य र सुधारका लागि कडा निर्देशन दिन नसक्ने हो भने नदीले राजापुर क्षेत्रमा ठुलो क्षति गर्ने सम्भावना बढ्दै गएको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: