वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

सडक दुर्घटनामा दुई नेपालीको ज्यान गयो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, माघ १८, २०७४ ।    

नेपालगन्ज, बाँके ।
नेपालगञ्जबाट भारतको लखनउ तर्फ गइरहेको भारतिय नम्बर प्लेटको जिप रिसिया बजार क्षेत्रमा दुर्घटना हुँदा २ जना नेपालीको ज्यान गएको छ भने ३ जना गम्भिर घाईते भएका छन ।
नेपाल–भारत सिमावर्ती बजार रुपैडिहाबाट भारतिय नम्बर प्लेटको युपी ४० एक्स ६५१४ नम्बरको जीपमा सवार भएर भारतको लखनउ तर्फ गइरहेको जीप बिहिबार बिहानै करीब ८ बजे तिर बहराइच जिल्लाको रिसिया भन्ने ठाउंमा युपी २१ ए एन ७०६२ नम्बरको ट्रकसंग ठक्कर खाएर दुर्घटना भएको भारतीय प्रहरीलाई उधृत गदै नेपाल–भारत सिमावर्ती क्षेत्रमा रहेको नेपालको इलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी नायब निरिक्षक सुधिर खडकाले जानकारी दिएका छन ।
उक्त दुर्घटनामा नेपालगञ्ज उप–महामनगरपालीका वडा नम्बर १ घर भइ वडा नम्बर १८ कारकादो स्थित मुनब्बर मोटर ड्राइभिंग इन्स्टिच्यूटका प्रोपराइटर मुनब्बर अली हल्वाई र नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर ५ स्थित बस पार्क निवासी पूर्व प्रहरी नायब निरीक्षक रोशन शाहको मुत्यू भएको जनाईएको छ ।
उक्त दुर्घटनामा मुनब्बर अली हल्वाइक छोरा इब्राइम हल्वाई, काठमाण्डौंका अंगुर खडका र सग्राम शाह घाईते भएको र घाईतेहरुको बहराइच स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: