वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

संकट मोचन हनुमानगढी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन ११, २०७५ ।    

मिन अधिकारी राजापुर।
बर्दियाको राजापुर नगरपालिका वडा न. ४ स्थित श्री संकट मोचन हनुमान गढी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । श्री संकट मोचन हनुमान गढी मन्दिरको भौतिक पुर्वाधार तथा आधुनिक एवम् सुविधा सम्पन्न धर्मशाला निर्माण सहयोगार्थका लागि यहिँ फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो ।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा नेपालकै चर्चित युवा समाजसेवी तथा प्रखर कथावाचक पण्डित श्री रामानन्द मिश्र ज्युको मुखारविन्दबाट प्रत्येक दिन कथावचन गरिने, झाकिँ सहितको संगितमय प्रस्तुती, प्रत्येक दिन दानविर दाताहरुलाई दोषल्लाले सम्मान गरिने भएको छ । मन्दिरको भौतिक पुर्वाधार तथा आधुनिक एवम् सुविधा सम्पन्न धर्मशाला निर्माणमा करिव २ करोड लाग्ने भएकाले सहयोग गरी महायज्ञलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पूर्ण धर्मप्रेमीहरुलाई अर्थ समितिका संयोजक केदारनाथ आत्रेयले अनुरोध गरेका छन । महायज्ञमा नगद, तुलादान ,अन्नदान, जग्गा (भूमि) तथा जिन्सी दान गरेर सहयोग गरिदिनका लागि श्री संकट मोचन हनुमान गढी मन्दिरमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिका अध्यक्ष चम्मनलाल थारुले सवैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...