वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

शेयर सदस्यहरुका लागी एक दिने सहकारी शिक्षा तालिम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, चैत्र १९, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका, बगनाहामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुका लागी एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सदस्यहरुलाई सहकारीको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाका मुख्य ब्यवस्थापक धनबहादुर रतगैया, सहकारी शिक्षा उपसमिती संयोजक चन्द्रबहादुर नेपाली, शिक्षक प्रतिनिधी, सामुदायिक वन प्रतिनिधी, बडघर, चौकीदार, समाजसेवीहरुको उपस्थितीमा संस्थाका अध्यक्ष विजय शाहको प्रमुख आतिथ्यता र थारु समुदाय विकास मञ्च भुरीगाउँका अध्यक्ष चल्टुराम थारुको सभापतित्वमा ठाकुरबाबा नगरपालिका ५ ढुङ्ग्रहवामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: