वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

शितल विवशको तीन मुक्तक

          |   प्रकाशित मिति: शनिबार, चैत्र १२, २०७३ ।    
Sital Bibas

✍ शितल विवश,  मधुवन नगरपालिका, बर्दिया ।

मुक्तक – १
म आउनेछु फर्केर जरूर, विश्वास गर्नुस ।
आज भएपनि निकै दुर,विश्वाश गर्नुस ।
हृदयले जोडेको सम्वन्ध हो हाम्रो,
हुने छैन सपना चकनाचुर,विश्वास गर्नुस ।।

मुक्तक – २
हैन म त परि, तिम्रो नजर उस्तै हो ।
अनि फुल मन्जरी, तिम्रो नजर उस्तै हो ।
कहीले देवी भन्छौ, कहीले छहारी,
उपमा थरीथरी, तिम्रो नजर उस्तै हो ।।

मुक्तक – ३
अचेल मान्छेहरू भ्रमैभ्रममा, बाँच्छन ।
जवान विदेशमा,बाआमा आश्रममा, बाँच्छन ।
मर्नुपर्ने छ यथार्थता भुल्दिन्छन अनि।
अजम्बरि छु भन्ने अहममा, बाँच्छन ।।

 

प्रतिक्रिया दिनुहोस्: